images

२०८३ आश्विन १८ गते

images
images
images

सोपान फर्मास्युटिकल्सको आईपीओ निष्कासन

सोपान फर्मास्युटिकल्सको आईपीओ निष्कासन

images
images
बिहिवार, बैशाख ३ २०८३
बिहिवार, बैशाख ३ २०८३
  • काठमाडौँ- सोपान फर्मास्युटिकल्स लिमिटेडले सर्वसाधारणका लागि आज (बिहीबार) देखि आईपीओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आईपीओ बाँडफाँट गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो।कम्पनीले जारी पुँजी १ अर्ब ७१ करोड ६० लाख रूपैयाँको २५ प्रतिशत अर्थात् ४२ करोड ९० लाख रूपैयाँ बराबरको ४२ लाख ९० हजार कित्ता सेय निष्कासन गर्ने अनुमति पाएको थियो। जसमध्ये १० प्रतिशत अर्थात् हुन आउने ४ लाख २९ हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ।

    images
    images

    त्यस्तै, कम्पनीले १ लाख ७१ हजार ६०० कित्ता सेयर कर्मचारीहरूका लागि र २ लाख १४ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषहरूलाई बाँडफाँट गरिसकेको छ। कम्पनीले दोस्रो चरणमा बाँकी रहेको ३४ करोड ७४ लाख ९० हजार रूपैयाँ बराबरको प्रतिकित्ता १०० रूपैयाँ अंकित दरका ३४ लाख ७४ हजार ९०० कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरूका लागि निष्कासन गर्न लागेको हो।कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ११ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। उक्त आईपीओमा वैशाख ८ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त समयसम्म सम्पूर्ण कित्ताको लागि आवेदन नपरेमा बिक्री अवधि वैशाख १७ गतेसम्म लम्बिनेछ।

    कम्पनीलाई केयर रेटिङ नेपालले ‘केयरएनपी बी इस्युअर रेटिङ’ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको जनाउँछ।कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ।लगानीकर्तारूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरू तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ुमेरो सेयरु अनलाइन प्रयोग गरी सी–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend