images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • पाल्पा सिमेन्ट र शिखर पावरको सेयर...

पाल्पा सिमेन्ट र शिखर पावरको सेयर कारोबार सुरु, प्रि-ओपनमै पहिलो मूल्य निर्धारण

पाल्पा सिमेन्ट र शिखर पावरको सेयर कारोबार सुरु, प्रि-ओपनमै पहिलो मूल्य निर्धारण

images
images
शुक्रवार, चैत्र २७ २०८२
शुक्रवार, चैत्र २७ २०८२
  • काठमाडौं- शुक्रबारको स्पेशल प्रि-ओपन सेसनमा पाल्पा सिमेन्ट इण्डष्ट्रीज र शिखर पावर डेभलपमेन्ट का सेयरको पहिलो कारोबार सम्पन्न भएको छ। यस क्रममा पाल्पा सिमेन्टको सेयर प्रतिकित्ता ३०० रुपैयाँमा र शिखर पावरको सेयर २८४ रुपैयाँ ३० पैसामा कारोबार भएको हो।यी दुवै कम्पनीका सेयर बिहीबार नेपाल स्टक एक्सचेन्ज ९नेप्से० मा सूचीकृत भएका थिए। सूचीकृत भएसँगै शुक्रबारको स्पेशल प्रि-ओपन सेसनमा पहिलो कारोबार सम्पन्न भएको हो।पाल्पा सिमेन्ट इण्डष्ट्रीजको हकमा सर्वसाधारणका लागि जारी गरिएको ७५ लाख कित्ता र संस्थापक समूहले लगानी गरेको ३ करोड कित्ता गरी कुल ३ करोड ७५ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको थियो।

    images
    images

    त्यसैगरी, शिखर पावर डेभलपमेन्टले सर्वसाधारणमा वितरण गरेको ३२ लाख कित्ता र संस्थापकतर्फ ६६ लाख कित्ता गरी कुल ९८ लाख कित्ता सेयर सूचीकृत गरेको थियो।नेप्सेले पाल्पा सिमेन्टका लागि १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्म तथा शिखर पावरका लागि ९४ रुपैयाँ ७८ पैसादेखि २८४ रुपैयाँ ३४ पैसासम्मको ओपनिङ रेञ्ज निर्धारण गरेको थियो। सोही दायरा भित्र रही शुक्रबारको स्पेशल प्रि-ओपन सेसनमा पहिलो कारोबार सम्पन्न भएको हो।अब यी दुवै कम्पनीका सेयर नियमित बजारमा पनि कारोबारका लागि खुला भएका छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend