images

२०८३ आश्विन २० गते

images
images
images
  • बैंक वित्त
  • कृषि विकास बैंकद्वारा २०८३ सालको भित्रे...

कृषि विकास बैंकद्वारा २०८३ सालको भित्रे पात्रो सार्वजनिक

कृषि विकास बैंकद्वारा २०८३ सालको भित्रे पात्रो सार्वजनिक

images
images
शुक्रवार, चैत्र २७ २०८२
शुक्रवार, चैत्र २७ २०८२
  • काठमाडौं। व्यवसायीक तरकारी खेती तथा तरकारी खेती मूल्य श्रंखलाको सुदृढीकरणमा जोड दिने उद्धेश्यले ूव्यवसायीक तरकारी खेती Theme सहित कृषि विकास बैंकले २०८३ सालको भित्रे पात्रो सार्वजनिक गरेको छ । विशेषगरी यस पात्रोमा विभिन्न तरकारीहरूको महत्व, उत्पादन विधि र पोषण सम्बन्धी जानकारी समेटिएको छ, जसले किसान तथा सर्वसाधारणलाई उपयोगी ज्ञान प्रदान गर्ने उद्देश्य राखेको देखिन्छ ।पात्रोमा टमाटर, गाजर र आलुजस्ता प्रमुख तरकारीहरूको तस्वीरसँगै तिनको खेती प्रविधि, उपयुक्त मौसम, मलजल व्यवस्थापन तथा रोग नियन्त्रणका उपायहरू समावेश गरिएका छन्। उदाहरणका लागि, टमाटर खेतीका लागि उपयुक्त तापक्रम र सिँचाइ व्यवस्थापनबारे जानकारी दिइएको छ भने गाजरमा पाइने भिटामिन ‘ए’ को महत्व रयसको स्वास्थ्य लाभ उल्लेख गरिएको छ। त्यस्तै, आलुको उत्पादन बढाउन बीउ छनोट र खेत तयारी बारे पनि स्पष्ट सन्देश दिइएको छ ।

    images
    images

    यस पात्रोको अर्को महत्वपूर्ण पक्ष भनेको ‘सरल कर्जा’ र ‘आधुनिक कृषि’ जस्ता सन्देशमार्फत बैंकले कृषकलाई वित्तीय पहुँच विस्तार गर्न प्रोत्साहित गर्नु हो। कृषि ऋणको सहज उपलब्धता, व्यवसायिक खेतीतर्फ आकर्षण र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा बैंकको भूमिका प्रस्ट रूपमा झल्काइएको छ ।समग्रमा, कृषि विकास बैंक लिमिटेडको यो भित्ते पात्रो केवल मिति हेर्ने माध्यम मात्र नभई कृषि ज्ञान र सचेतना फैलाउने सशक्त उपकरण बनेको छ। यसले किसानलाई आधुनिक प्रविधि अपनाउन प्रेरित गर्नुका साथै तरकारी उत्पादन वृद्धि गरी पोषण सुरक्षा र आर्थिक समृद्धिमा टेवा पु¥याउने अपेक्षा गरिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend