images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • सेयर बजारमा उच्च वृद्धि, करिब १०...

सेयर बजारमा उच्च वृद्धि, करिब १० अर्बको कारोबार

सेयर बजारमा उच्च वृद्धि, करिब १० अर्बको कारोबार

images
images
बिहिवार, चैत्र २६ २०८२
बिहिवार, चैत्र २६ २०८२
  • बिहीबार सेयर बजार परिसूचक उच्च अंकले बढेर कारोबार बन्द भएको छ । अघिल्लो दिन पनि बढेको सेयर बजार लगातार दोस्रो दिन पनि उच्च अंकले बढेर बन्द भएको हो । 

    images
    images

    आजको कारोबार बन्द हुन्दा नेप्से परिसूचक ४८.७१ अंकले बढेर २८५१.२४ विन्दुमा पुगेको हो । आज सेयर बजार अघिल्लो दिनको भन्दा १.७३ प्रतिशतले बढेको हो । सेयर बजारमा आज २५१ कम्पनीको सेयर मूल्य बढेको छ भने १६ वटा कम्पनीको सेयर मूल्य घटेको छ । आज एक कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । 

    आज सेन्सेटिभ इन्डेक्स पनि ४.६४ अंकले बढेर ४८१.५३ विन्दुमा पुगेको छ । आज सबै १३ वटै उपसूचकको सेयर मूल्यमा हरियाली छाएको छ । परिसूचक बढेको दिन बजारमा करिब १० अर्ब रुपैयाँको कारोबार भएको छ । आज ३३८ कम्पनीका २ करोड ७९ लाख ३१ हजार ७७० कित्ता सेयर १ लाख ८ हजार ८६९ पटक खरिद बिक्री हुँदा ९ अर्ब ९१ करोड ९२ लाख १० हजार २११ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा ८ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ । 

    images
    images
     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend