images

२०८३ आश्विन १८ गते

images
images
images

एपोलो हाइड्रोपावरको आईपीओ निष्कासन हुँदै

एपोलो हाइड्रोपावरको आईपीओ निष्कासन हुँदै

images
images
बिहिवार, चैत्र २६ २०८२
बिहिवार, चैत्र २६ २०८२
  • काठमाडौँ- एपोलो हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आईपीओ बाँडफाँटपश्चात सर्वसाधारण लगानीकर्ताहरूका लागि निष्कासन गरेको हो ।कम्पनीले जारी पुँजी ५७ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् १४ करोड १० लाख रुपैयाँबराबरको १४ लाख १० हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो । जसमध्ये चार लाख ७० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि र ९४ हजार कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरिरहेका नेपालीहरूका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ।कम्पनीले सामूहिक लगानी कोषहरूका लागि ३७ हजार कित्ता र कम्पनीका कर्मचारीहरूका लागि १८ हजार ८०० कित्ता सेयर बाँडफाँट गरिसकेको छ ।

    images
    images

    अब कम्पनीले दोस्रो चरणमा बाँकी रहेको सात करोड ८० लाख २० हजार रुपैयाँबराबरको सेयर निष्कासन गर्न लागेको हो । प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका सात लाख ८० हजार २०० कित्ता साधारण सेयर सर्वसाधारण सेयरधनीहरूका लागि निष्कासन गर्न लागेको हो ।आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम ९४ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । आईपीओमा चैत ३० गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा मागबमोजिम आवेदन नपरेमा आवेदन समय वैशाख १० गतेसम्म लम्बिने छ ।कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ । आईपीओमा नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट सी–आस्बा प्रणालीमार्फत आवेदन दिन सकिने छ भने सीडीएस एन्ड क्लियरिङ लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर मेरो सेयर अनलाइन प्रयोग गरी पनि आवेदन दिन सकिने छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend