images

२०८३ आश्विन १८ गते

images
images
images

युनाइटेड अजोड इन्स्योरेन्सको हकप्रद सेयर खुल्यो

युनाइटेड अजोड इन्स्योरेन्सको हकप्रद सेयर खुल्यो

images
images
बिहिवार, चैत्र २६ २०८२
बिहिवार, चैत्र २६ २०८२
  • युनाइटेड अजोड इन्स्योरेन्सले आज (बिहीबार) देखि हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गरेको छ।कम्पनीले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत अर्थात हाल कायम १०० कित्ता सेयर बराबर नयाँ १० कित्ता सेयरको अनुपातमा हकप्रद निष्कासन गरेको हो।यस अनुसार कम्पनीले २३ करोड १० लाख रूपैयाँ बराबरको प्रतिसेयर १०० रूपैयाँ अंकित मूल्यका २३ लाख १० हजार कित्ता हकप्रद सेयर निष्कासन गरेको छ।हकप्रद निष्कासन प्रयोजनको लागि कम्पनीले फागुन १७ गते बुक क्लोज गरिसकेको छ।

    images
    images

    बुक क्लोजको आधारमा फागुन १४ गतेसम्मका कायम सेयरधनीहरूले उक्त हकप्रद सेयरमा आवेदन दिन सक्नेछन्। 
    यो हकप्रद सेयरमा वैशाख १६ गतेसम्म आवेदन दिन सकिनेछ।कम्पनीलाई इक्रा नेपालले 'इक्रा एनपी इस्युअर रेटिङ ट्रिपल बी' प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमता मध्यम मात्रामा सुरक्षित रहेको जनाउँछ।कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। सेयरधनीहरूले बिक्री प्रबन्धकका साथै लक्ष्मी सनराइज बैंकका तोकिएका शाखा कार्यालय र नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट र सिडिएस एण्ड क्लियरिङबाट निर्माण गरिएको सफ्टवेयर 'मेरो सेयर' अनलाइन प्रयोग गरी सी-आस्बा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend