images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • ४५ अंकले बढ्यो सेयर बजार,८ अर्ब...

४५ अंकले बढ्यो सेयर बजार,८ अर्ब ३१ करोडमाथिको कारोबार

४५ अंकले बढ्यो सेयर बजार,८ अर्ब ३१ करोडमाथिको कारोबार

images
images
बुधवार, चैत्र २५ २०८२
बुधवार, चैत्र २५ २०८२
  • बुधबार सेयर बजार परिसूचक उच्च अंकले बढेर कारोबार बन्द भएको छ । आजको कारोबार बन्द हुन्दा सेयर बजार परिसूचक ४५.१२ अंकले बढेर बन्द भएको हो । योसँगै सेयर बजार आज २८०० माथि पुगेको छ । आजको कारोबार बन्द हुन्दा परिसूचक १.६३ प्रतिशतले बढेर २८०२.५२ विन्दुमा पुगेको हो । आज सेयर बजारमा २५१ कम्पनीको सेयर मूल्य बढेको छ भने १५ कम्पनीको सेयर मूल्य घटेको छ । आज सेयर बजारमा २ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । 

    images
    images

    त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि ५.७५  अंकले बढेर ४७६.८८ विन्दुमा पुगेको छ । आज नेप्सेमा सबै १३ वटै उपसूचकको सेयर मूल्य बढेको छ । परिसूचक बढेको दिन सेयर बजारमा ८ अर्ब माथिको कारोबार भएको छ । आज ३४६ कम्पनीका १ करोड ८८ लाख १६ हजार ८०८ कित्ता सेयर ९८ हजार १६२ पटक खरिद बिक्री हुँदा ८ अर्ब ३१ करोड ८९ लाख ८ हजार ४४१ रुपैयाँको कारोबार भएको छ । सेयर बजार उच्च अंकले बढेर कारोबार भएको दिन सेयर बजारमा ७ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ । 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend