images

२०८३ आश्विन १८ गते

images
images
images

घाम ऊर्जाले आईपीओ निष्काशन गर्ने

घाम ऊर्जाले आईपीओ निष्काशन गर्ने

images
images
बुधवार, चैत्र २५ २०८२
बुधवार, चैत्र २५ २०८२
  • काठमाडौ ।घाम उर्जा सेवा लिमिटेडले आफ्नो प्राथमिक शेयर निष्काशनका लागि एनएमबि क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा नियुक्त गरेको छ ।यो साझेदारीले घाम ऊर्जा सेवाको नेपालभर नवीकरणीय ऊर्जा विस्तार गर्ने लक्ष्य प्राप्त गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ । घाम उर्जा सेवाले व्यवसायिक तथा औद्योगिक ग्राहकलाई रूफ टप सौर्य ऊर्जा प्रविधि उपलब्ध गराउँदै आएको छ ।

    images
    images

    १५ देखि २० वर्षको विद्युत खरिद सम्झौता मोडेलमा सञ्चालित यस कम्पनीले व्यवसायलाई कुनै पनि प्रारम्भिक लागत बिना उर्जामा आत्मनिर्भर बन्ने अवसर प्रदान गर्दछ । कार्बन उत्सर्जन घटाउन र सञ्चालन लागत कम गर्न मद्दत गर्दै घाम ऊर्जाले सामाजिक तथा आर्थिक प्रभाव र जलवायु परिवर्तन विरुद्ध सक्रिय भूमिका खेलिरहेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend