images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • सेबोनले गर्‍यो ५५ नम्बर ब्रोकरलाई निलम्बन,...

सेबोनले गर्‍यो ५५ नम्बर ब्रोकरलाई निलम्बन, शेयर कारोबार गर्न रोक

सेबोनले गर्‍यो ५५ नम्बर ब्रोकरलाई निलम्बन, शेयर कारोबार गर्न रोक

images
images
मंगलवार, चैत्र २४ २०८२
मंगलवार, चैत्र २४ २०८२
  • काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ५५ नम्बरको धितोपत्र दलाल कम्पनी ‘भृकुटी स्टक ब्रोकिङ’ लाई निलम्बन गरेको छ। सोमबार बसेको सञ्चालक समितिको बैठकले यस ब्रोकर कम्पनीलाई कारबाही गर्ने निर्णय गरेको हो  । प्रहरीको हिरासतमा रहेका व्यवसायी दीपक भट्टलाई नियम विपरीत उधारोमा शेयर किनबेच गराएको आरोपमा बोर्डले यस ब्रोकरलाई कारबाही गर्ने निर्णय गरेको हो । बोर्डको यो निर्णयसँगै भृकुटी स्टकले अर्को आदेश नभएसम्मका लागि कुनै पनि शेयर कारोबार गर्न पाउने छैन।

    images
    images

    सम्पत्ति शुद्धीकरण विभागले गरेको अनुसन्धानका क्रममा भृकुटी स्टकले गम्भीर वित्तीय विचलन गरेको भेटिएपछि बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई कारबाहीका लागि पत्राचार गरेको थियो। भट्टले नेपाल पुनर्बीमा कम्पनी लगायतको शेयर खरिद गर्दा आफ्नो बैंक खाताबाट नभई अन्य विभिन्न व्यक्ति र खाताहरूबाट भुक्तानी गरेको पाइएको थियो।धितोपत्र कारोबारमा भएको व्यवस्था अनुसार शेयर खरिद गर्नुअघि ब्रोकरले लगानीकर्ताबाट कम्तीमा २५ प्रतिशत मार्जिन रकम लिनुपर्ने प्रावधान छ। तर, यस ब्रोकरले उक्त नियम पालना नगरी भट्टलाई उधारोमा कारोबारको सुविधा दिएको र तेस्रो व्यक्तिको खाताबाट भुक्तानी स्वीकार गरी सम्पत्ति शुद्धीकरणसम्बन्धी जोखिम बढाएको विभागको भनाई छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend