images

२०८३ आश्विन १८ गते

images
images
images

स्काईलाइन इन्फ्राले प्रिमियममा आईपीओ जारी गर्ने

स्काईलाइन इन्फ्राले प्रिमियममा आईपीओ जारी गर्ने

images
images
मंगलवार, चैत्र २४ २०८२
मंगलवार, चैत्र २४ २०८२
  • स्काईलाइन इन्फ्रा लिमिटेडले प्रिमियममा आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ जारी गर्ने प्रस्ताव पारित गर्न वैशाख ११ गते शुक्रबार विशेष साधारणसभा बोलाएको हो । विशेष साधारणसभा वीरगंजको आदर्शनगरस्थित होटल सरोबरमा अपरान्ह ५ बजेदेखि शुरू हुनेछ । कम्पनीको चैत १५ गते बसेको सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो ।

    images
    images

    उक्त विशेष साधारणसभामा प्रबन्धपत्रमा तोके बमोजिम २० प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्ने, सर्वसाधारणलाई सेयर निष्काशन गर्न र सो सम्बन्धी अन्य कार्य गर्न र प्रिमियम मूल्यमा सेयर जारी गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ ।
     

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend