images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • गोलबजार मेयर गोल्डकप उद्घाटन खेलमा इटहरी...

गोलबजार मेयर गोल्डकप उद्घाटन खेलमा इटहरी विजयी

गोलबजार मेयर गोल्डकप उद्घाटन खेलमा इटहरी विजयी

images
images
मंगलवार, चैत्र २४ २०८२
मंगलवार, चैत्र २४ २०८२
  • सिरहा, २४ चैत । सिरहाको गोलबजार नगरपालिकामा सोमबारदेखि सुरु भएको नवौँ संस्करणको ‘गोलबजार मेयर गोल्डकप’ फुटबल प्रतियोगिताको उद्घाटन खेलमा राष्ट्रिय जागृति क्लब, इटहरी विजयी भएको छ । गोलबजार नगरपालिका–२ गुरुधामस्थित खेलग्राममा भएको प्रतिस्पर्धात्मक उद्घाटन खेलमा हेटौँडा फुटबल एकेडेमीलाई पेनाल्टी सुटआउटमा ३–१ गोल अन्तरले पराजित गर्दै इटहरीले सुखद सुरुआत गरेको हो । 

    images
    images

    निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि हारजितको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो । खेलमा उत्कृष्ट प्रदर्शन गरेका इटहरीका गोलरक्षक विवस चौधरी ‘म्यान अफ द म्याच’ घोषित भएका छन् ।

    प्रतियोगिताको उद्घाटन गर्दै मधेस प्रदेशसभाका सदस्य एवं पूर्वमन्त्री सत्रुधनप्रसाद सिंहले खेलकुदले युवालाई अनुशासन र सकारात्मक मार्गमा डोर्‍याउने बताए। उनले यस्ता स्थानीय प्रतियोगिताले लुकेका प्रतिभा उजागर गर्नुका साथै सामाजिक सद्भाव र एकता मजबुत बनाउने उल्लेख गरे । खेल क्षेत्रको दिगो विकासका लागि राज्य र निजी क्षेत्रबीचको सहकार्य अपरिहार्य रहेकामा उनले जोड दिए ।

    images
    images

    प्रतियोगिता अन्तर्गत आज दिउँसो २ः०० बजे सिरहाको सलहेश युवा क्लब र आयोजक गोलबजार स्पोट्र्स क्लबबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । यही चैत २९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका विजेताले रु चार लाख ४४ हजार ४४४ र उपविजेताले रु दुई लाख २२ हजार २२२ नगदसहित ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगितामा देशका विभिन्न स्थानका आठ टोलीको सहभागिता छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend