images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • याम्बालिङ्ग हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज...

याम्बालिङ्ग हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

याम्बालिङ्ग हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

images
images
सोमवार, चैत्र २३ २०८२
सोमवार, चैत्र २३ २०८२
  • काठमाडौं-  याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले चैत ८ गतेदेखि खुला गरेको उक्त आईपीओमा आज चैत २३ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको हो।कम्पनीले यसअघि आईपीओ निष्काशन अवधि २०८३ बैशाख ७ गतेसम्म कायम राखेको भए पनि मागभन्दा बढी आवेदन परेकाले निष्काशन प्रक्रिया आजै बन्द गर्न लागेको जनाएको छ।कम्पनीले जारी पूँजी ७० करोड रुपैयाँको ४० प्रतिशत बराबरको २८ करोड रुपैयाँ मूल्यको २८ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति पाएको छ। जसमध्ये पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि ७ करोड रुपैयाँ बराबरको ७ लाख कित्ता शेयर प्रतिकित्ता १०० रुपैयाँका दरले निष्काशन गरिएको हो।

    images
    images

    उक्त आईपीओमा सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नं. १, २, ३, ४, ५, ६ र ७ का स्थानीय बासिन्दाले आवेदन दिन सक्नेछन्। आवेदन गर्दा न्यूनतम १० कित्ता र अधिकतम ७ हजार कित्तासम्मका लागि आवेदन दिन पाइने व्यवस्था गरिएको छ।आईपीओ निष्काशनका लागि गरिएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयरएनपी डबल बी माइनस’ इस्यूअर रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी मुक्तिनाथ क्यापिटल लिमिटेडले सम्हालेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend