images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • स्नो रिभर्स लिमिटेडको आईपीओमा आवेदन दिने...

स्नो रिभर्स लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

स्नो रिभर्स लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

images
images
सोमवार, चैत्र २३ २०८२
सोमवार, चैत्र २३ २०८२
  • काठमाडौं । स्नो रिभर्स लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा कुल १८ लाख ७५ हजार कित्ता शेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्ड बाट अनुमति प्राप्त गरेको थियो ।पहिलो चरणमा ९ लाख ३७ हजार ५०० कित्ता स्थानीय बासिन्दा र ९३ हजार ७५० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको थियो, जसमा वैदेशिक रोजगारीतर्फको आवेदन चैत १२ गते नै बन्द भइसकेको छ ।

    images
    images

    आयोजना प्रभावितमध्ये सिरिजङ्गा गाउँपालिका–८ का अति प्रभावित बासिन्दाका लागि ४ लाख ६८ हजार ७५० कित्ता छुट्याइएको छ भने बाँकी शेयर अन्य प्रभावित क्षेत्रका बासिन्दाका लागि विनियोजन गरिएको छ ।स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आवेदन फाराम विभिन्न बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयबाट प्राप्त गरी बुझाउन सकिनेछ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend