images

२०८३ आश्विन १८ गते

images
images
images
  • अटो
  • हिरो मोटरसाइकलको नयाँ एक्सपल्स प्रो–रैली संस्करण...

हिरो मोटरसाइकलको नयाँ एक्सपल्स प्रो–रैली संस्करण नेपाली बजारमा सार्वजनिक भएको छ ।

हिरो मोटरसाइकलको नयाँ एक्सपल्स प्रो–रैली संस्करण नेपाली बजारमा सार्वजनिक भएको छ ।

images
images
आइतवार, आश्विन २७ २०८१
आइतवार, आश्विन २७ २०८१
  • नेपालका लागि हिरो मोटरसाइकलको आधिकारिक विक्रेता सिजी मोटर्सले नयाँ एक्सपल्स प्रो–रैली संस्करण सार्वजनिक गरेको हो ।

    images
    images

    एक्सपल्स प्रोले आफ्ना सवारलाई उच्चस्तरीय सस्पेन्सन प्रणाली प्रदान गर्दै कुनै पनि भूभागमा सहज र आत्मविश्वासका साथ सवारी गर्ने अवसर प्रदान गर्ने कम्पनीले जनाएको छ । यसमा डुअल–पर्पस टायर उपलब्ध गरिएका छन् । यी टायरको सहायताबाट नयाँ मोटरसाइकलले सहरी क्षेत्रका साथै अफरोड क्षेत्रमा समेत पूर्ण ग्रिप प्रदान गर्ने क्षमता राख्छ ।

    हालै सार्वजनिक एक्सपल्स प्रो संस्करण एक्सपल्स २०० फोरभीको अपडेटेड संस्करण हो। सार्वजनिक नयाँ मोटरसाइकलमा ८३१ एमएमको अग्लो सिट उचाइका साथै ह्यान्डल बार उठाउने सुविधा समेत उपलब्ध छ। २५० एमएमको पूर्ण रूपमा एडजस्ट गर्न मिल्ने अगाडिको सस्पेन्सन सहितको यो बाइकमा लामो साइड स्ट्यान्ड र लामो गियर लिभर पनि उपलब्ध गरिएको छ। २७० एमएमको उच्च ग्राउन्ड क्लियरेन्स सहितको एक्सपल्स प्रो मा १९९.६ सिसी क्षमताको इन्जिन दिइएको छ।

    images
    images

    यसले १८.९ एचपी अधिकतम पावरमा ८५०० आरपिएम र १७.३५ एनएम टर्क मा ६५०० आरपिएम उत्पादन गर्ने क्षमता राख्छ। यसमा ५ स्पिड गियरबक्स उपलब्ध गरिएको छ भने, १६१ किलोग्राम वजन, र १३ लिटर इन्धन क्षमता रहेको छ।

    सहर तथा अफरोड दुवै क्षेत्रमा उत्कृष्ट सवारी अनुभव दिन सफल भनिएको एक्सपल्स ग्राहकहरूको पहिलो रोजाइको बाइक बन्दै गइरहेको कम्पनीको दाबी छ । 

    साथै, ग्राहकलाई थप आत्मविश्वास दिलाउन र बाइक सँगको सम्बन्ध अझ प्रगाढ बनाउने सोचका साथ सिजी मोटर्सले एक्सओएक्स (एक्सपल्स ओनर एक्सपेरियन्स) राइड्सको पनि आयोजना गर्दै आइरहेको छ। 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend