images

२०८३ आश्विन २० गते

images
images
images

गुप्तेश्वर गुफाको आम्दानीको स्रोत कामधेनु गाईको प्रतिमा

गुप्तेश्वर गुफाको आम्दानीको स्रोत कामधेनु गाईको प्रतिमा

images
images
आइतवार, आश्विन २७ २०८१
आइतवार, आश्विन २७ २०८१
  • गुप्तेश्वर गुफाको आम्दानीको स्रोत बनेको छ, कामधेनु गाई । ऐतिहासिक, पुरातात्त्विक एवं धार्मिक महत्त्व बोकेको उक्त गुफाको गाईलाई घाँस, कुँडोलगायत केही पनि खुवाउनु पर्दैन । न त भकारो नै सोहोर्नु पर्छ । तर, त्यही गाईले वार्षिक लाखौँ रुपैया आम्दानी दिँदै आएको छ । 

    images
    images

    पोखरा महानगरपालिका–१७ छोरेपाटनस्थित गुप्तेश्वर महादेव गुफाभित्रको कामधेनु गाईगोठमा राखिएको यन्त्रजडीत गाईबाट गत आर्थिक वर्षमा मात्र १३ लाख ५ हजार ४० रुपैयाँ आम्दानी भएको छ ।

    गुप्तेश्वर गुफामा राखिएको यान्त्रिक गाई विगत १६ वर्षदेखि गुफाको निरन्तर आम्दानीको स्रोत बन्दै आएको हो । गाईको प्रतिमाको भित्तातर्फत दूध राखिएको छ जुन ‘पाइप’को माध्यमबाट थुनसम्म आउँछ । 

    images
    images

    कामधेनु गाईगोठमा अवस्थित यन्त्रजडीत गाईको नजिकै रहेको सानो प्वालमा १० रुपैयाँमा खरिद गरी एउटा गुच्चा राखेपछि गाईको चारवटै थुनबाट दूध बगेर सिधै शिवलिङ्गमा पुग्ने व्यवस्था मिलाइएको छ । 

    भक्तजनले गाईको गहुँतले स्नान गरेर शुद्ध भई केही तल रहेको प्राकृतिक शिवलिङ्गको दर्शन गर्ने गर्दछन् । वि।सं २०६४ सालमा १ लाख ५७ हजार एक सय ९८ रुपैयाँमा निर्माण गरिएको सो गाईले १६ वर्षमा एक करोडभन्दा बढी आम्दानी दिइसकेको गुफा व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण बास्तोलाले जानकारी दिए । 

    सो अवधिमा करिब १५ लाख दर्शकले टिकट काटेर गाईको दर्शन र प्रविधिको अध्ययन अवलोकन गरेका छन् । बास्तोलाका अनुसार गुफा अवलोकन गर्न स्वदेशी तथा विदेशी पर्यटकका साथै विद्यार्थी पनि आउने गर्छन् । 

    विशेषगरी धार्मिक परम्पराअनुसार साउनको सोमबार, शिवरात्री, मङ्गलचौथी, हरिबोधनी एकादशी, ऋषितर्पणी, ऋषि पञ्चमी, बालाचतुर्दशी, नयाँ बर्ष लगायतका तिथिमा दर्शनार्थीको भीड लाग्ने गर्छ । रासस 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend