images

२०८३ आश्विन २० गते

images
images
images

‘छक्का पञ्जा ५’ले ३ दिनमै कमायो ५ करोड

‘छक्का पञ्जा ५’ले ३ दिनमै कमायो ५ करोड

images
images
आइतवार, आश्विन २७ २०८१
आइतवार, आश्विन २७ २०८१
  • दसैँको अवसर पारेर यही असोज २४ गते  (फूलपाती) देखि प्रदर्शनरत ‘छक्का पञ्जा ५’ ले बक्सअफिसमा आक्रामक व्यापार गरिरहेको छ। फिल्मले शनिबारसम्म ३ दिनमा ५ करोड रुपैयाँ कमाइसकेको छ।

    images
    images

    तीन दिनमा भएको व्यापारबारे फिल्म निर्माता दीपकराज गिरीले भने, ‘फिल्मले तीन दिनमा ५ करोडको व्यापार गरेको छ। उपत्यका र मोफसल सबैतिर अकुपेन्ची राम्रो छ। सबैभन्दा फिल्मको कथाले राम्रो प्रतिक्रिया पाइरहेको छ।’ 

    ‘छक्का पञ्जा ५’ चर्चित फिल्म ‘छक्का पञ्जा’को पाँचौँ शृंखला हो। यस फिल्ममा दीपकराज गिरी, केदार घिमिरे माग्ने बुढा र वर्षा शिवाकोटीको मुख्य भूमिका छ।

    images
    images

    दीपाश्री निरौला निर्देशित फिल्ममा दीपक सहित केदार र निर्मल शर्माको लगानी छ। दीपककै कथा, पटकथा र संवाद रहेको फिल्मको कथा कर्मचारीतन्त्र र राजनीतिमा केन्द्रित छ।

    फिल्ममा निर्मल शर्मा, राजाराम पौडेल, रमेश बुढाथोकी, प्रकाश घिमिरे, नरेन्द्र थापा, उत्तम केसी, ब्रजेश खनाल, हिउँवाला गौतम, नवीन श्रेष्ठ, दमन रुपाखेती, लोकेन्द्र लेखकलगायतले पनि अभिनय गरेका छन्। 

    सोही दिन एकसाथ रिलिज भएका जितु नेपालको ‘ज्वाइँ साब’ र विराज भट्टको ‘१२ गाउँ’ले पनि दर्शकको राम्रै साथ पाइरहेका छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend