images

२०८३ आश्विन २१ गते

images
images
images
  • समाचार
  • आज विजया दशमी टीकाको उत्तम साइत...

आज विजया दशमी टीकाको उत्तम साइत ११ः३६ बजे

आज विजया दशमी टीकाको उत्तम साइत ११ः३६ बजे

images
images
शनिवार, आश्विन २६ २०८१
शनिवार, आश्विन २६ २०८१
  • काठमाडौँ – विजया दशमीको अर्थात् बडादशैंको टीका लगाउने उत्तम साइत बिहान ११ः३६ बजे रहेको छ ।

    images
    images

    नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले समय हेर्नेका लागि उत्तम साइतबारे निर्धारण गरे पनि दिनभरि नै टीका लगाउन सकिने जनाएको छ ।

    समितिले देवीको प्रसाद ग्रहण गर्न कुनै साइत कुर्न नपर्ने भन्दै जुनसुकै बेला लगाउन सकिने जनाएको छ । शनिबार बिहान ८ः३३ बजे विजया दशमीको देवी बिसर्जनको समय छ ।

    images
    images

    बडादशैंको मुख्य दिन सबैले टीका लगाउँछन् भने एकादशीदेखि पूर्णिमासम्म टाढा रहेका आफन्तलाई भेटेर वा निश्चित भेगमा टीका लगाउने चलन छ ।

    यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले विजयादशमी २०८१ को अवसरमा राष्ट्रपति भवन शीतलनिवासमा सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिने भएका छन् ।

    उनले असोज २६ गते शनिबार दिउँसो ३ः३० देखि ५ बजेसम्म इच्छुक सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिने कार्यक्रम तय भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

    विजया दशमीका उपलक्ष्यमा शनिबारै दिउँसो राष्ट्रपति पौडेलले ३ः०० देखि ३ः३० बजेसम्म अतिविशिष्ट र विशिष्ट व्यक्तित्वलाई टीका–जमरा लगाइदिने कार्यक्रम छ ।

    राष्ट्रपति कार्यालयका अनुसार दिउँसो ३ः०० देखि ३ः३० बजेसम्म सम्माननीयहरू, उपप्रधानमन्त्री, प्रदेश प्रमुख, मन्त्री, न्यायाधीश, सांसद, संवैधानिक निकायका पदाधिकारी लगायत विशिष्ट महानुभावहरूलाई राष्ट्रपति भवनमा राष्ट्रपति पौडेलले टीका–जमरा लगाइदिने छन् । निजामती, जंगी, प्रहरीतर्फका अधिकृतस्तरका राष्ट्रसेवकलाई समेत टीका–जमरा लगाइदिने कार्यक्रम छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend