काठमाडौं । हेटौँडामा यही चैत्र १२, १३ र १४ गते ‘एक्सपिरियन्स टोयोटा’ नामक विशेष कार्यक्रम आयोजना हुने भएको छ । टोयोटा सवारीसाधनको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा.लि.ले हेटौँडाको मेन रोडस्थित कफी बारमा उक्त कार्यक्रम सञ्चालन गर्न लागेको हो । हेटौँडा क्षेत्रका ग्राहकहरूलाई लक्षित गरी आयोजना गरिएको यस कार्यक्रममार्फत सहभागीले टोयोटाका विभिन्न मोडेलका सवारीसाधन नजिकबाट अवलोकन गर्नुका साथै परीक्षण सवारी (टेस्ट ड्राइभ) गरेर प्रत्यक्ष अनुभव लिन सक्नेछन् ।कम्पनीका अनुसार, कार्यक्रममा सहभा
गी ग्राहकले सवारी खरिद गर्दा साटासाट (एक्सचेन्ज) बोनस, अतिरिक्त सहायक सामग्री (एसेसरिज), निःशुल्क बिमा, बैंकिङ सुविधा, सडक कर (रोड ट्याक्स) लगायत विभिन्न आकर्षक उपहारहरू प्राप्त गर्ने अवसर पाउनेछन् । साथै, कार्यक्रम अवधिभर परीक्षण सवारी गर्ने ग्राहकहरूलाई समेत विशेष उपहारको व्यवस्था गरिएको छ ।कार्यक्रमका क्रममा सहभागीहरूले युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा.लि.ले प्रदान गर्दै आएका सेवा तथा सुविधाहरूका बारेमा विस्तृत जानकारी लिन सक्नेछन् । कम्पनीले हेटौँडा तथा आसपासका सम्पूर्ण ग्राहक तथा सम्भावित खरिदकर्ताहरूलाई कार्यक्रममा सहभागी भई टोयोटाका सवारी साधनहरूको प्रत्यक्ष अनुभव लिन हार्दिक निमन्त्रणा दिएको छ ।




.gif)



