images

२०८३ आश्विन २० गते

images
images
images

अग्रिम टिकट बुकिङमा छक्कापन्जाले डेढ सय शो मात्र पायो, १२ गाउँ र ज्वाइँ साबलाई अकुपेन्सीको भर

अग्रिम टिकट बुकिङमा छक्कापन्जाले डेढ सय शो मात्र पायो, १२ गाउँ र ज्वाइँ साबलाई अकुपेन्सीको भर

images
images
मंगलवार, आश्विन २२ २०८१
मंगलवार, आश्विन २२ २०८१
  • काठमाडौँः दशैँको फूलपातीमा रिलिज हुने तीन फिल्मको चार दिन अगाडि नै अग्रिम बुकिङ खुल्दा छक्कापन्जा ५ ले सर्वाधिक १ सय ६१ शो पाएको छ।

    images
    images

    तीन फिल्ममध्ये सबैभन्दा धेरै शो पाए पनि रिलिजको दिन छक्कापन्जाले पाउने गरेको शो सङ्ख्यामा यो निकै कम हो। पहिला दुई सय ५० बढी शो सङ्ख्यासहित फिल्म रिलिज हुन्थ्यो।

    रिलिजपछि दर्शकको अकुपेन्सीको आधारमा फिल्मको शो सङ्ख्या थपघट हुन्छ।

    images
    images

    छक्कापन्जाको हाइप यस पटक नकारात्मक भएकाले रिलिजको दिनदेखि नै अकुपेन्सी कायम गर्ने चुनौती निर्माण टिमसँग छ। दर्शकले फिल्म नरुचाए अन्य फिल्मले शो सङ्ख्या थप्न सक्छ।

    एक्सन जनाराको १२ गार्उँ ले १ सय एक शो सङ्ख्या पाएको छ। छक्कापन्जा ब्रान्डसँगै रिलिजहुँदा पनि उसले पाएको शो सङ्ख्या राम्रो हो। प्रचारमा निकै आक्रामक देखिएको टिमसँगको चुनौती अकुपेन्सी बढाएर छक्कापन्जाको शो सङ्ख्या तान्नु नै देखिन्छ।

    कमेडी जनारार्कै ज्वाइँ सार्ब ले पहिलो दिन ७३ शो पाएको छ। यो पनि त्यति नराम्रो हैन। जितु नेपाल एक्लैको बलमा हाइप बनाइरहेको फिल्मको चुनौती पनि दर्शकको सकारात्मक प्रतिक्रियासहित केही दिन पाएको शो सङ्ख्यामा दर्शकको राम्रो उपस्थिति गराउने देखिन्छ।

    कसमेकम तीन दिन अहिले पाएको शो सङ्ख्या टिकाउने फिल्मले नै बिस्तारै शो सङ्ख्या बढाउँदै लैजाने देखिन्छ।

    गत शुक्रवार रिलिज भएको फिल्म बेहुली फ्रम मेघौलीले दोस्रो साता पनि शो सङ्ख्या राम्रै पाउने देखिन्छ। हलमा फिल्मको अकुपेन्सी राम्रो छ। समीक्षा सकारात्मक आइरहेका छन्।

    फिल्म हेर्ने दर्शकले सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया दिइरहेका छन्। यो फिल्म पनि कमेडी जनाराकै भएको र पारिवारिक फिल्म भएकाले दशैँमा अन्य तीन फिल्मसँगै यो पनि हलमा टिक्ने देखिन्छ। 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend