images

२०८३ आश्विन १६ गते

images
images
images
  • अटो
  • पोखरामा ‘वाडा अटो शो २०२६’ हुने,...

पोखरामा ‘वाडा अटो शो २०२६’ हुने, भिन्टेज कार र रोबोट मुख्य आकर्षण

पोखरामा ‘वाडा अटो शो २०२६’ हुने, भिन्टेज कार र रोबोट मुख्य आकर्षण

images
images
मंगलवार, चैत्र १० २०८२
मंगलवार, चैत्र १० २०८२
  • कास्की । नेपालको पर्यटकीय राजधानी पोखरामा सवारी साधन र आधुनिक प्रविधिको वृहत मेला ‘दोस्रो नाडा प्रजेन्ट्स वाडा अटो शो २०२६’ आयोजना हुने भएको छ। नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको प्रस्तुति र पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोसिएशन (वाडा) को आयोजनामा आगामी चैत्र ११ गतेदेखि १५ गतेसम्म यो प्रदर्शनी सञ्चालन हुनेछ। पोखराको लेकसाइडस्थित तालबराही चोकको खेल मैदानमा आयोजना हुने यस मेलाको प्रवर्द्धकका रूपमा पोखरा महानगरपालिका रहेको छ भने व्यवस्थापनको जिम्मेवारी ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेज (जेम्स) ले सम्हालेको छ।

    images
    images

    यस पटकको अटो शोमा सवारी साधनका विभिन्न विधा र ब्रान्डहरूको व्यापक सहभागिता रहने देखिएको छ। मेलामा १६ वटा ब्रान्डका चार पाङ्ग्रे, ६ वटा ब्रान्डका लाइट कमर्सियल, १० वटा ब्रान्डका दुई पाङ्ग्रे र एक हेभी कमर्सियल सवारी साधन प्रदर्शन गरिनेछ। यसका अतिरिक्त लुब्रिकेन्ट, टायर, ग्यारेज उपकरण र अन्य सहायक सामग्रीका साथै वित्तीय संस्थाहरूको उपस्थिति रहने गरी कुल २० वटा विशेष स्टलहरू रहने आयोजकले जनाएको छ। मेलामा अम्पियर, एथर, बीवाइडी, चेरी, हुण्डाई, किया, एमजी, निसान, सुजुकी, टाटा जस्ता प्रख्यात अन्तर्राष्ट्रिय ब्रान्डका उत्पादनहरू अवलोकन गर्न पाइनेछ।प्रदर्शनीको विशेष आकर्षणका रूपमा यस पटक 'भिन्टेज कार शो' समावेश गरिएको छ। नयाँ पुस्तालाई नेपालमा गुडाइएका ऐतिहासिक पुराना मोडलका कारहरूबारे जानकारी दिने उद्देश्यले यो शो राख्न लागिएको हो। 

    प्रविधिमा चासो राख्नेहरूका लागि मेलामा आधुनिक रोबोटहरूको समेत प्रदर्शन हुनेछ। जसमा युनिट्री जी-वान ह्युमानोइड रोबोट, युनिट्री गो टु र चंखे जस्ता आकर्षक रोबोटहरूले सर्वसाधारणलाई नयाँ प्रविधिको अनुभव गराउनेछन्।पाँच दिनसम्म चल्ने यस प्रदर्शनीमा करिब ४५ हजार अवलोकनकर्ता आउने आयोजकको अपेक्षा छ। अटो व्यवसायलाई सुदृढ बनाउन र क्षेत्रीय बजारमा पहुँच बढाउन यो मेलाले सेतुको काम गर्ने विश्वास लिइएको छ। यातायातका साधन विलासिता मात्र नभई आवश्यकता बनिसकेको वर्तमान समयमा व्यवसायी र उपभोक्ताबीच प्रत्यक्ष संवाद गराउनु मेलाको मुख्य लक्ष्य हो। यसका साथै स्थानीय स्तरमा देखिएका व्यावसायिक समस्याहरूको समाधान खोज्न यो मेला एउटा साझा थलो बन्ने आयोजकको भनाइ छ।अवलोकनकर्तालाई डिजिटल भुक्तानीमा प्रोत्साहित गर्न खल्ती एप र युनियन पेमार्फत विशेष क्यासब्याकको व्यवस्था गरिएको छ। जसअनुसार प्रत्येक दिन पहिलो १०० जना साधारण टिकट खरिदकर्तालाई ५० प्रतिशत र पहिलो १०० जना विद्यार्थीलाई शतप्रतिशत क्यासब्याक सुविधा उपलब्ध हुनेछ। 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend