images

२०८३ आश्विन १८ गते

images
images
images
  • कृषि
  • ‘फ्लोरा एक्स्पो’मा रु १ करोड २२...

‘फ्लोरा एक्स्पो’मा रु १ करोड २२ लाखभन्दा बढीको कारोबार

‘फ्लोरा एक्स्पो’मा रु १ करोड २२ लाखभन्दा बढीको कारोबार

images
images
सोमवार, चैत्र ९ २०८२
सोमवार, चैत्र ९ २०८२
  • काठमाडौँ, ९ चैत । पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको २७औँ ‘फ्लोरा एक्स्पो’ रु १ करोड २२ लाखभन्दा बढीको कारोबार गर्दै आइतबार सम्पन्न भएको छ।

    images
    images

    राससका अनुसार चार दिनसम्म सञ्चालन भएको उक्त मेलामा दर्शकको उल्लेखनीय सहभागिता रहेको थियो। मेला संयोजक तथा फ्लोरिकल्चर एसोसिएसन नेपालका वरिष्ठ उपाध्यक्ष रामबहादुर तामाङले कुल ६० हजार ७०० जनाले मेला अवलोकन गरेको जानकारी दिए।

    ‘स्वच्छ वातावरण, रोजगारी तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नारासहित चैत ५ गतेदेखि सुरु भएको मेलामा व्यावसायिक ६५, अफिसियल ११ र प्रतिस्पर्धात्मक दुई गरी विभिन्न स्टलहरू राखिएका थिए।

    images
    images

    नेपालमा पुष्प व्यवसायमा हाल रु ८ अर्ब ८३ करोडभन्दा बढी लगानी रहेको छ भने करिब ५३ हजार ५०० जनाले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी पाएको जनाइएको छ।

    व्यापारतर्फ, गत आर्थिक वर्षमा रु २७ करोड ७९ लाख बराबरको पुष्प तथा पुष्पजन्य वस्तु आयात भएकोमा चालु वर्षमा ५४.२७ प्रतिशतले घटेर रु १२ करोड ७० लाखमा सीमित भएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ। निर्यात भने १०९.१६ प्रतिशतले वृद्धि भई रु २ करोड १३ लाख पुगेको फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष राजेशभक्त श्रेष्ठले जानकारी दिए।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend