images

२०८३ आश्विन १६ गते

images
images
images
  • अटो
  • निसान म्यागनाइटमा '१ वर्ष शून्य इन्धन'​​​...

निसान म्यागनाइटमा '१ वर्ष शून्य इन्धन'​​​ योजना

निसान म्यागनाइटमा '१ वर्ष शून्य इन्धन'​​​ योजना

images
images
आइतवार, चैत्र ८ २०८२
आइतवार, चैत्र ८ २०८२
  • नेपालमा निसानको आधिकारिक वितरक पायोनियर मोटो कर्प प्रालिले आफ्नो लोकप्रिय कम्प्याक्ट एसयूभी निसान म्यागनाइटमा ग्राहकहरूका लागि '१ वर्ष शून्य इन्धन' (One Year Zero Fuel) योजना घोषणा गरेको छ।यस अभियानअन्तर्गत ग्राहकहरूले ५० हजार रुपैयाँसम्म नगद छुट, १ लाख रुपैयाँसम्म एक्सचेन्ज बोनस, १ वर्षको कम्प्रिहेन्सिभ बीमा तथा १ वर्षको निःशुल्क इन्धन सुविधा प्राप्त गर्ने छन् ।

    images
    images

    हाल निसान म्यागनाइट को शुरूआती मूल्य ३५ लाख ७५ हजार रुपैयाँ रहेको छ । यो अफर देशभरका आधिकारिक निसान शोरूमहरूमा लागू हुने कम्पनीले जनाएको छ ।यसलाई अझ आकर्षक बनाउँदै निसानले सजिलो स्वामित्व योजना पनि ल्याएको छ । जस अन्तर्गत म्यागनाइट भिसिया अब प्रति दिन मात्र ९९९ रुपैयाँमा उपलब्ध हुनेछ । जसले यसलाई कम्प्याक्ट एसयूभी सेग्मेन्टमा सबैभन्दा सुलभ विकल्पमध्ये एक बनाएको छ।

    सान म्याग्नाइटमा ५-स्टार ग्लोबल एनक्याप सेफ्टी रेटिङसहित यसमा सेग्मेन्टकै उत्कृष्ट २०५ मिमी ग्राउन्ड क्लियरेन्स, ६ वटा एयरब्याग, हिल-स्टार्ट असिस्ट, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, टचस्क्रिन तथा रियर पार्किङ सेन्सर जस्ता सुरक्षा सुविधाहरू सबै भेरियन्टहरूमा उपलब्ध छन्।कम्पनीले ग्राहकलाई नजिकको निसान शोरुममा गई टेस्ट ड्राइभ लिन र अफरबारे थप जानकारी प्राप्त गर्न अनुरोध गरेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend