images

२०८३ आश्विन १७ गते

images
images
images

भैरव र भद्रकालीको रथ निर्माणको तयारी सुरु

भैरव र भद्रकालीको रथ निर्माणको तयारी सुरु

images
images
मंगलवार, फाल्गुण २६ २०८२
मंगलवार, फाल्गुण २६ २०८२
  • भक्तपुर । भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने ऐतिहासिक विस्केट जात्राका लागि भैरव र भद्रकालीको रथ निर्माणको तयारी सुरु गरिएको छ । जात्राका लागि भक्तपुरको टौमढीस्थित पाँचतले मन्दिर प्राङ्गणमा भैरव र भद्रकालीको रथ निर्माणको आवश्यक तयारी सुरु गरिएको हो  । 

    images
    images

    रथका लागि आवश्यक चक्कालगायतका धेरै काठ पुराना भएकाले नयाँ काठहरू ल्याएर रथ निर्माण गर्न लागिएको छ । नयाँ वर्षको चार दिन अगाडि भैरवको रथ तानेर सुरु हुने जात्रा मुख्य गरी चैत मसान्तमा इन्द्रध्वजासहितको लिङ्गो उठाइने र वैशाख १ गते दिनभर ल्यासिङ्खेलमा लिङ्गो जात्रा मनाएर साँझ लिङ्गो ढालेर जात्रा मनाइन्छ ।जात्राका लागि भैरव र भद्रकालीको रथ निर्माणका लागि सम्पूर्ण सामाग्रीको व्यवस्थापन गुठी संस्थानले गर्दै आएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend