images

२०८३ आश्विन २० गते

images
images
images

आफ्नो खातामा प्यान नम्बर र ईमेल अद्यावधिक गर्न एनआईसी एसिया बैंकको आग्रह

आफ्नो खातामा प्यान नम्बर र ईमेल अद्यावधिक गर्न एनआईसी एसिया बैंकको आग्रह

images
images
सोमवार, फाल्गुण २५ २०८२
सोमवार, फाल्गुण २५ २०८२
  • एनआईसी एसिया बैंकले आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) र ईमेल ठेगाना अद्यावधिक गर्न आग्रह गरेको छ ।​बैंकका ग्राहकको खाताबाट गरिएको ककट्टीको विवरण अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आबद्ध गर्नुपर्ने भएकोले बैंकको पोर्टल panupdate.nicasiabank.com वा मोबाइल बैंकिङ्ग एप (NIC ASIA MoBank) मा रहेको "PAN Update" विकल्पमा ट्याब गरी आफ्नो प्यान यथाशीघ्र अद्यावधिक गर्न बैंकले आग्रह गरेको हो । 

    images
    images

    साथै, ग्राहकहरूले आफूलाई पायक पर्ने बैंकको जुनसुकै शाखा कार्यालयबाट समेत आफ्नो खातामा प्यान अद्यावधिक गर्नका लागि आवेदन दिन सकिबैंकले जनाएको छ ।'यस बैंकबाट निक्षेपकर्ताको ब्याज भुक्तानी बापत काटिएको करलाई E-TDS रेकर्डमा जनाउनका लागि प्यान अत्यावश्यक रहेको छ । उक्त प्यान अद्यावधिक भएपश्चात् निजहरूको करकट्टीको विवरण (E-TDS) सो प्यानमा प्रविष्ट गरिने हुँदा आयकरको प्रणालीले स्वचालित रुपमा अनुसूची १० मा करकट्टीको विवरण मिलान गर्ने गर्दछ । जसले गर्दा ग्राहक महानुभावहरूलाई करकट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुनुका साथै प्रमाणपत्र लिन बैंकसम्म धाउनुपर्ने अवस्थाको समेत अन्त्य गर्ने बैंकले विश्वास लिएको छ । ग्राहक महानुभावले प्यान अद्यावधिक नगराएको कारणले E-TDS मा ब्याजकर दाखिला नभएको अवस्थामा र त्यस उप्रान्त ब्याज करमा थप समायोजन गर्नु परेको अवस्थामा बैंक जिम्मेवार नहुने ब्यहोरा समेत बैंक सम्पूर्ण ग्राहक महानुभावहरूमा जानकारी गराउँदछ,' बैंकद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

    साथै, बैंकले ग्राहकहरूलाई आफ्नो खातामा ईमेल ठेगाना पनि अद्यावधिक गर्न भनेको छ । बैंकका ग्राहकहरूको आफ्नो खातामा बैंकको भिडियो केवाईसी https://www.nicasiabank.com/video-kyc/ वा मोबाइल बैंकिङ्ग एप (NIC ASIA MoBank) मा रहेको My Profile मा ट्याप गरी Change Email छनोट गरी आफ्नो ईमेल अद्यावधिक गर्न सक्नेछन् ।साथै ग्राहकले आफूलाई पायक पर्ने बैंकको जुनसुकै शाखा कार्यालयबाट समेत आफ्नो खातामा ईमेल ठेगाना अद्यावधिक गर्न सक्ने बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी) जयन्द्र रावलले जानकारी दिए ।

    images
    images

    साथै, यसअघि बैंकलाई प्यान उपलब्ध गराएर पनि करकट्टीको विवरण समावेश नभएको वा ईमेल ठेगाना अद्यावधिक नभएको खण्डमा बैंकको नजिकैको शाखा कार्यालय वा ग्राहक सम्पर्क केन्द्रको फोन नम्बरहरू १६६०–०१–७७७७१, ०१–५९७०१०१ मा सम्पर्क गरी सेवा लिन पनि बैंकले आग्रह गरेको छ ।​​

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend