images

२०८३ आश्विन १९ गते

images
images
images
  • विश्व
  • मध्यपूर्व तनावको असर, यात्रुलाई बुकिङ कन्फर्मपछि...

मध्यपूर्व तनावको असर, यात्रुलाई बुकिङ कन्फर्मपछि मात्र विमानस्थल जान आग्रह

मध्यपूर्व तनावको असर, यात्रुलाई बुकिङ कन्फर्मपछि मात्र विमानस्थल जान आग्रह

images
images
शुक्रवार, फाल्गुण २२ २०८२
शुक्रवार, फाल्गुण २२ २०८२
  • काठमाडौं । मध्यपूर्व क्षेत्रमा जारी उडान प्रतिबन्धका कारण अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भइरहेका बेला यात्रुलाई टिकट कन्फर्म गरेर मात्रै विमानस्थल आउन आग्रह गरिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्गतको नागरिक उड्डयन कार्यालयले सूचना जारी गर्दै मध्यपूर्व क्षेत्रमा केही उडान बन्द तथा रद्द भइरहेकाले यात्रुले सावधानी अपनाउनुपर्ने जनाएको हो।

    images
    images

    कार्यालयका अनुसार केही वायुसेवाले मध्यपूर्वका विमानस्थलबाट नेपालसम्म सीधा उडान तथा नेपालबाट ती विमानस्थलसम्म मात्रै जाने सीमित उडान सञ्चालन गर्ने तयारी गरेका छन्। यस्ता उडान विशेष गरी मध्यपूर्वमा अलपत्र परेका यात्रुलाई लक्षित गरी सञ्चालन गरिने जनाइएको छ।

    तर ती उडान तेस्रो मुलुकतर्फ जाने ट्रान्जिट यात्राका लागि भने प्रयोग गर्न नपाइने बताइएको छ। त्यसैले मध्यपूर्वका देशहरूबाट वा ती देश हुँदै तेस्रो मुलुक यात्रा गर्ने यात्रुले सम्बन्धित वायुसेवासँग सम्पर्क गरी आफ्नो बुकिङ कन्फर्म भएपछि मात्रै विमानस्थल आउन कार्यालयले आग्रह गरेको छ। नागरिक उड्डयन कार्यालयले उडान तालिका र यात्रा व्यवस्थापनबारे पछिल्लो जानकारी सम्बन्धित वायुसेवाबाट बुझेर मात्रै यात्रा योजना बनाउन पनि सबै यात्रुलाई अनुरोध गरेको छ।

    images
    images

    रद्द उडानको रकम फिर्ता पाइने मध्यपूर्वी तनावका कारण उडान रद्द भएकाले प्रभावित यात्रुले टिकटको पूर्ण रकम फिर्ता पाउने भएका छन्। हिमालयन एयरलाइन्स ले निलम्बित उडानका लागि पूर्ण रकम फिर्ता वा निःशुल्क पुनः मान्यता (री–भ्यालिडेसन) सुविधा उपलब्ध गराइएको जनाएको छ।

    एयरलाइन्सका अनुसार दुबई, दमाम र दोहातर्फका उडान हवाई क्षेत्र बन्द (एयरस्पेस क्लोजर) का कारण अस्थायी रूपमा रद्द गरिएको हो। प्रभावित यात्रुले आफ्नो टिकटको पूर्ण रकम फिर्ता वा निःशुल्क पुनः प्रमाणीकरण गर्ने सुविधा पाउनेछन्।

    पुनः मान्यता गरिएको यात्रा भने उडान पुनः सञ्चालन भएको मितिबाट ३५ दिनभित्र सम्पन्न गरिसक्नुपर्ने जनाइएको छ। पूर्ण रकम फिर्ता वा निःशुल्क पुनः मान्यता प्राप्त गर्न यात्रुले एयरलाइन्सको कार्यालय वा सम्बन्धित ट्राभल एजेन्सीमा सम्पर्क गर्नुपर्नेछ।

    युएईका तीन विमानस्थलबाट सीमित उडान मध्यपूर्व क्षेत्रमा देखिएको उडान अवरोधका कारण संयुक्त अरब इमिरेट्स (युएई) का केही विमानस्थलबाट हुने उडान तालिका पनि प्रभावित भएको छ। यात्रुलाई आफ्नो उडानको अवस्था बुझेर मात्रै विमानस्थल जान आग्रह गरिएको छ।

    आबुधाबीस्थित नेपाली दूतावासका अनुसार हालको उडान अवरोधका कारण युएईका तीन विमानस्थलबाट बिहीबार र शुक्रबारका केही उडान तालिका सार्वजनिक गरिएको छ। जायद अन्तर्राष्ट्रिय विमानस्थल बाट शुक्रबार बिहान उडान हुने तालिका रहेको छ भने दुबई अन्तर्राष्ट्रिय विमानस्थल बाट बिहीबार साँझ उडान हुने जानकारी दिइएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend