काठमाडौँ । होली पर्व नजिकिँदै गर्दा नेपालमा ठूलो परिमाणमा रङ आयात भएको छ। भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्म १५ करोड ६१ लाख रुपैयाँ बराबरको २५१.९७ मेट्रिक टन होली रङ आयात भएको छ।
उक्त परिमाणको रङ आयातबाट ३ करोड ३८ लाख ४५ हजार रुपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ।
नेपालमा होलीमा प्रयोग हुने रङ मुख्य रूपमा भारत, चीन, जर्मनी, कतार र युएई लगायतका मुलुकबाट आयात हुने गरेको तथ्यांकमा उल्लेख छ।
होली पर्व नजिकिँदै जाँदा रङको माग बढेसँगै आयात पनि वृद्धि भएको देखिएको छ। व्यापार व्यवसायीहरूका अनुसार आगामी दिनमा आयात परिमाण अझै बढ्न सक्ने अनुमान गरिएको छ।




.gif)





