images

२०८३ आश्विन १९ गते

images
images
images
  • विश्व
  • पाकिस्तान र तालिबानबीचको युद्धमा अमेरिकाले हस्तक्षेप...

पाकिस्तान र तालिबानबीचको युद्धमा अमेरिकाले हस्तक्षेप गर्न सक्ने ट्रम्पको संकेत

पाकिस्तान र तालिबानबीचको युद्धमा अमेरिकाले हस्तक्षेप गर्न सक्ने ट्रम्पको संकेत

images
images
शनिवार, फाल्गुण १६ २०८२
शनिवार, फाल्गुण १६ २०८२
  • वाशिङ्टन । छिमेकी दुई देश पाकिस्तान र अफगानिस्तान (तालिबान) बिच युद्ध सुरु भएको छ। पाकिस्तान र अफगानिस्तानको तालिबान समूहबीचको सीमा संघर्ष शुक्रबार पनि जारी रह्यो। दुवै पक्षले एकअर्काका सैनिक तथा लडाकु मारिएको दाबी गरिरहेका छन्।

    images
    images

    यद्यपि मारिएकाको संख्या फरक(फरक आइरहेका छन्। दुई देशबिचको तनाव तत्काल मत्थर हुने संकेत देखिएको छैन। पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको प्रहरीका अनुसार शुक्रबार राति आतंकवादीहरूलेु पेशावर लगायत प्रान्तका विभिन्न प्रहरी चौकी र स्टेशनहरूमा आक्रमण गरेका छन्। यस हमलामा एक हेड कन्स्टेबल र एक सर्वसाधारण घाइते भएका छन्।

    बीबीसीका अनुसार यसैबिच अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तान र अफगानिस्तानबीचको बढ्दो तनावमा अमेरिकाले हस्तक्षेप गर्न सक्ने बताएका छन्। ‘पाकिस्तान र अफगानिस्तानबिच जारी द्वन्द्वमा अमेरिकाले हस्तक्षेप गर्न सक्छ, तर मेरो पाकिस्तानसँग राम्रो मित्रता छ।’ उनले भनेका छन्, ।

    images
    images

    ट्रम्पले ह्वाइट हाउसबाहिर पत्रकारहरूसँग कुरा गर्दै उक्त अभिव्यक्ति दिएका हुन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend