images

२०८३ आश्विन १६ गते

images
images
images

जिल्ला प्रशासनद्वारा मदिरा बिक्री वितरणमा रोक

जिल्ला प्रशासनद्वारा मदिरा बिक्री वितरणमा रोक

images
images
शनिवार, फाल्गुण १६ २०८२
शनिवार, फाल्गुण १६ २०८२
  • सिमकोट (हुम्ला), १६ फागुनः जिल्ला प्रशासन कार्यालय हुम्लाले शुक्रबारदेखि लागु हुनेगरी जिल्लाभर पूर्णरूपमा मदिरा बिक्री वितरणमा रोक लगाएको छ । 

    images
    images

    आसन्न फागु २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मर्यादित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने उद्देश्यले मदिराजन्य पदार्थ बिक्री वितरणका साथै सेवनमा रोक लगाएको सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र कुमार चन्दले बताउनुभयो । 

    शुक्रबार जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनामा निर्वाचन सम्पन्न भई मत परिणाम घोषणा नभएसम्म जिल्लाभर बिक्री वितरणका साथै सेवन गर्न नपाइने जारी विज्ञप्तीमा उल्लेखीत गरिएको छ । 

    images
    images

    आसन्न निर्वाचनलाई शान्त र व्यवस्थित बनाउन यस्तो निर्णय गरिएको प्रशासनले जनाएको छ । प्रशासनको यो कार्यलाई अवज्ञा गरी मदिरा बिक्री वितरण वा सेवन गरेको पाइएमा प्रचलित कानुन बमोजीम कारबाही गरिने भएको सहायक प्रमुख जिल्ला अधिकारी चन्दले बताउनुभयो । जिल्ला प्रशासन कार्यालयले सबै सरोकारवाला तथा सर्वसाधारणलाई सूचनाको पालना गर्न आग्रह गरेको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend