images

२०८३ आश्विन १९ गते

images
images
images

अमेरिकी आरोपप्रति इरानको कडा प्रतिवाद

अमेरिकी आरोपप्रति इरानको कडा प्रतिवाद

images
images
बुधवार, फाल्गुण १३ २०८२
बुधवार, फाल्गुण १३ २०८२
  • तेहरान । संयुक्त राज्य अमेरिकामा प्रहार गर्न सक्ने क्षेप्यास्त्र विकास गरिरहेको भन्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको दाबीलाई इरानले ‘ठूलो झुट’ भन्दै कडा रूपमा अस्वीकार गरेको छ । तेहरानले आफ्नो मिसाइल र आणविक कार्यक्रमबारे अमेरिकाले दोहोर्‍याउँदै आएको आरोपलाई आधारहिन प्रचारका रूपमा चित्रित गरेको छ ।इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले सामाजिक सञ्जाल एक्समार्फत अमेरिकी दाबीलाई ‘ठूलो झुटको पुनरावृत्ति’ भने । उनले इरानको आणविक कार्यक्रम, ब्यालेस्टिक मिसाइल विकास र जनवरी महिनामा भएको अशान्तिका क्रममा मृत्यु सङ्ख्याबारे लगाइएका आरोपलाई असत्य ठहर गरे ।

    images
    images

    यद्यपि, उनले स्पष्ट रूपमा कुन अभिव्यक्तिलाई लक्षित गरिएको हो भन्ने उल्लेख गरेका थिएनन्, तर केही घण्टाअघि ट्रम्पले इरानले अमेरिकी भूमिसम्म पुग्न सक्ने मिसाइल क्षमताको खोजी गरिरहेको दाबी गरेका थिए ।यसअघि फेब्रुअरीमा अल जजिरालाई दिएको अन्तर्वार्तामा इरानका विदेशमन्त्री अब्बास अराघचीले इरानसँग अमेरिकालाई लक्षित गर्ने क्षमता नरहेको बताए । तर अमेरिकाले आक्रमण गरेमा मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई निशाना बनाउन सक्ने चेतावनी दिए ।स्टेट अफ द युनियन सम्बोधनका क्रममा राष्ट्रपति ट्रम्पले इरानलाई आणविक हतियार बनाउन कहिल्यै अनुमति नदिने प्रतिबद्धता दोहोर्‍याउँदै तेहरानका नेताहरूले ‘फेरि आफ्नो भयावह आणविक महत्त्वाकांक्षा पछ्याइरहेको’ आरोप लगाएका थिए । इरानले भने विगतदेखि नै आफूले आणविक हतियार नखोजेको र शान्तिपूर्ण प्रयोजनका लागि मात्र आणविक प्रविधि प्रयोग गर्ने अधिकार रहेको दोहोर्‍याउँदै आएको छ ।

    ट्रम्पले डिसेम्बरदेखि सुरु भई जनवरी ८ र ९ मा चरम सीमामा पुगेको विरोध प्रदर्शनका क्रममा इरानी अधिकारीहरूले ३२ हजार मानिसको हत्या गरेको आरोपसमेत लगाएका थिए । इरानी पक्षले भने तीन हजारभन्दा बढीको मृत्यु भएको स्वीकार गर्दै हिंसाको कारण ‘संयुक्त राज्य अमेरिका र इजरायलद्वारा भड्काइएका आतङ्कवादी गतिविधि’ रहेको दाबी गरेको छ ।अमेरिकामा आधारित मानव अधिकार कार्यकर्ता समाचार एजेन्सी (एचआरएएनए) ले सात हजारभन्दा बढी मृत्यु अभिलेख गरेको जनाएको छ र वास्तविक सङ्ख्या अझै बढी हुनसक्ने चेतावनी दिएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend