काठमाडौँ । नेपालीहरुको महान् चाड दसैँ नजिकै आइसकेको छ । गाउँघर र सहर बजारतिर दसैँका गीत पनि घन्कन थालिसकेका छन् । यसै क्रममा गीतकार निर्मलराज पौडेलको “बडा दसैँ बडा दसैँ, हर्षको आगमन” नामक दसैँ गीत सार्वजनिक भएको छ ।
गीतमा पौडेलसहित सङ्गीतकार मोहित मुनाल, गायिका समान्ता थापा, मनिष पौडेलले स्वर दिएका छन् । वेलकम एभी प्रोडक्सनले तयार पारेको म्युजिक भिडियोलाई मनिष पौडेलले निर्देशन गरेका छन् भने कोरियोग्राफी दीपिका थापाले गरेकी छिन् । उक्त गीतमा कलाकार गोपाल ढकाल “छन्दे”, नवराज कार्कीका साथै वेलकम परिवारले अभिनयमा साथ दिएका छन् ।
गीतकार तथा गायक पौडेलले बताउछन् “विगत दश–पन्ध्र वर्ष अगाडि सम्म पनि बडा दसैँ को रौनक, खुसीयाली को माहौल देखिने गर्दथ्यो, तर आज भोली सबै हराउँदै गएको महसुस हुन थालेको छ । त्यसै कारण हाम्रा पालाका गीत, सङ्गीत ,तथा प्रस्तुतिहरूलाई हाम्रा सन्ततिहरूले पनि थाहा पाउन्, महसुस गरुन् भन्ने उद्देश्यले गीत तयार पारेका छौँ ।”
गीतमा नेपालीहरूले दसैँ मनाउने शैली, परम्परा लगायतका रमाइलो सँगसँगै आर्थिक, सामाजिक र पारिवारिक विषयलाई समेटिएको छ । यसअघि पौडेलको तीज गीत पनि सार्वजनिक भएको थियो ।




.gif)





