images

२०८३ आश्विन १९ गते

images
images
images
  • शेयर
  • एपोलो हाइड्रोपावरको आइपिओ खुल्यो, कतिले दिन...

एपोलो हाइड्रोपावरको आइपिओ खुल्यो, कतिले दिन पाउँछन् आवेदन?

एपोलो हाइड्रोपावरको आइपिओ खुल्यो, कतिले दिन पाउँछन् आवेदन?

images
images
सोमवार, फाल्गुण ११ २०८२
सोमवार, फाल्गुण ११ २०८२
  •  एपोलो हाइड्रोपावर लिमिटेडले आज देखि आइपिओ निष्कासन गर्ने भएको छ।कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गर्न लागेको हो।कम्पनीले जारी पुँजी ५७ करोड रूपैयाँको ३० प्रतिशत अर्थात १४ करोड १० लाख रूपैयाँ बराबरको १४ लाख १० हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो।जसमध्ये ४ करोड ७० लाख रूपैयाँ बराबरको प्रतिसेयर १०० रूपैयाँ दरका ४ लाख ७० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गर्न लागेको हो।

    images
    images

    आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि निष्कासन गरेको सेयरमध्ये ५० प्रतिशत अर्थात २ लाख ३५ हजार कित्ता सेयर उच्च प्रभावित क्षेत्र अर्थात ओखलढुङ्गा जिल्ला खिजिदेम्बा गाउँपालिका वडा नं. ७ र ८ का स्थानीय बासिन्दाहरूमा बाँडफाँट गरिनेछ भने ३० प्रतिशत अर्थात १ लाख ४१ हजार कित्ता मध्यम प्रभावित क्षेत्र अर्थात सोलुखुम्बु जिल्ला लिखुपिके गाउँपालिका वडा नं. २ र रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका वडा नं. ३ का बासिन्दाहरूका लागि बाँडफाँट गरिनेछ।त्यस्तै, बाँकी रहेको २० प्रतिशत अर्थात ९४ हजार कित्ता सेयर न्यून प्रभावित क्षेत्र रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका वडा नं. २ र गोकुलगंगा गाउँपालिका वडा नं. १ का स्थानीय बासिन्दाहरूमा बाँडफाँट गरिनेछ।

    यसका साथै सर्वसाधारण लगानीकर्ताहरूका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने ९ लाख ४० हजार रूपैयाँ बराबरको प्रतिसेयर १०० रूपैयाँ अंकित दरका ९४ हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरूका लागि निष्कासन गर्न लागेको हो।सो आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ।स्थानीय बासिन्दाहरूले अधिकतममा ४७ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेको नेपालीहरूले अधिकतममा ९४ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन बन्द छिटोमा फागुन २५ गते हुनेछ भने ढिलोमा चैत १० गते हुनेछ।त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन बन्द छिटोमा फागुन १४ गते र ढिलोमा फागुन २५ गते हुनेछ।

    images
    images

    कम्पनीलाई केयर रेटिङ नेपालले ुकेयरएनपी डबल बी माइनस इस्युअरु रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ।कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल रहेको छ।स्थानीयले एपोलो हाइड्रोपावरको आयोजना कार्यालय, ओखलढुङ्गा, लक्ष्मी सनराइज बैंकको किन्जा (सोलुखुम्बु), शिवालय र प्रिति (रामेछाप) शाखा कार्यालयबाट र नेपाल इन्भेष्टमेन्ट बैंकको खिजीदेम्वा (ओखलढुङ्गा) तथा सिटिजन्स बैंकको लिखुपिके (सोलुखुम्बु) शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट सी आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend