images

२०८३ आश्विन १९ गते

images
images
images
  • शेयर
  • गोर्खाज फाइनान्सको १२ हजार बढी कित्ता...

गोर्खाज फाइनान्सको १२ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा

गोर्खाज फाइनान्सको १२ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा

images
images
आइतवार, फाल्गुण १० २०८२
आइतवार, फाल्गुण १० २०८२
  • गोर्खाज फाइनान्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले १२ हजार ३७ कित्ता संस्थापक सेयर कम्पनीकै विद्यमान संस्थापक सेयरधनीहरूका लागि बिक्रीमा राखेको हो । कम्पनीले संस्थापक सेयरधनी पिर्थी माया राईको नाममा रहेको ७ हजार ३७ कित्ता र वीर बहादुर मगरको नाममा रहेको ५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । उक्त सेयरमा हाल कायम संस्थापक सेयरधनीहरूले मात्रै उक्त सेयर खरीद गर्नका लागि निवेदन दिन सक्नेछन् ।

    images
    images

    सो सेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीले आगामी ३५ दिनभित्र काठमाडौंको डिल्लीबजारस्थित चारखालरोडमा रहेको कम्पनीको मुख्य कार्यालयमा लिखित जानकारी गराउनु पर्नेछ । साथै तोकिएको समयावधिभित्र संस्थापक सेयरधनीबाट लिखित जानकारी प्राप्त हुन नआएमा उक्त सेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने कम्पनीले स्पष्ट पारेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend