images

२०८३ आश्विन २० गते

images
images
images

फिल्म सम्बन्धि कार्यक्रमका लागि चलचित्र विकास बोर्डको हल निःशुल्क, यस्ता छन शुल्क तिर्नुपर्ने अवस्था ।

फिल्म सम्बन्धि कार्यक्रमका लागि चलचित्र विकास बोर्डको हल निःशुल्क, यस्ता छन शुल्क तिर्नुपर्ने अवस्था ।

images
images
मंगलवार, आश्विन १५ २०८१
मंगलवार, आश्विन १५ २०८१
  • काठमाडौं– चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले नेपाली फिल्म क्षेत्रका लागि राहतसहित कार्यक्रमहरु लागू गर्ने क्रमको थालनी गरेका छन् । पछिल्लो पटक उनले नेपाली फिल्म क्षेत्रसंग सम्बन्धित कार्यक्रम आयोजना गर्नका लागि सरस्वतीनगर, चावहिलमा रहेको बोर्डको सुविधा सम्पन्न हल निःशुल्क उपलब्ध गराउने निर्णय गरेका छन् ।

    images
    images

    चलचित्र विकास बोर्डले नेपाली फिल्मका बारेमा जानकारी गराउने उद्देश्यले आयोजना गरिने पत्रकार सम्मेलन, गीत तथा ट्रेलर सार्वजनिक समारोह आदि आयोजना गर्नका लागि आफ्नो हल निःशुल्क उपलब्ध गराउने भएको हो । फिल्मका कार्यक्रमका लागि बोर्डले एउटा कार्यक्रमका लागि बढीमा दुई घण्टा उक्त हल निःशुल्क उपलब्ध गराउने छ ।

    चलचित्र विकास बोर्ड सदस्य रवि अधिकारीले बोर्डको अध्यक्षमा दिनेश डिसी आएपछि फिल्मको कार्यक्रमका लागि निःशुल्क हल उपलब्ध गराउने निर्णय भएको पुष्टि गरेका छन् । विकास बोर्ड फिल्मको विकास बिस्तारका लागि गठित संस्था भएकाले फिल्मको कार्यक्रमका लागि विकास बोर्डको हल निःशुल्क उपलब्ध गराउनु बोर्डको दायित्व भएको बोर्डको भनाइ छ ।

    images
    images

    यद्यपि, फिल्म सम्बन्धि कार्यक्रमको अवधि दुई घण्टा भन्दा बढी भयो भने नियम अनुसार शुल्क तिर्नुपर्ने छ । चलचित्र विकास बोर्डको भुईँ तल्लामा ठूलो पर्दासहित अत्याधुनिक हलको सुविधा छ । उक्त हलमा बोर्डका आन्तरिक कार्यक्रम सहित विदेशी फिल्मको सेन्सर, प्रदर्शन तथा विभिन्न कार्यक्रमका लागि भाडामा दिने गरिन्छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend