images

२०८३ आश्विन १८ गते

images
images
images

नेप्सेको निर्णयले बुक बिल्डिङ प्रणालीमाथि प्रश्नचिन्ह

नेप्सेको निर्णयले बुक बिल्डिङ प्रणालीमाथि प्रश्नचिन्ह

images
images
मंगलवार, फाल्गुण ५ २०८२
मंगलवार, फाल्गुण ५ २०८२
  • काठमाडौँ, ५ फागुन । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) को पछिल्लो निर्णयले बुक बिल्डिङ प्रक्रियामै प्रश्न उठाएको छ। नेप्से अध्यक्ष हेमन्त बस्याल ले करिब १४ वर्ष पुरानो निर्णयलाई आधार बनाएर बुक बिल्डिङ मार्फत निर्धारण भएको मूल्यलाई मान्यता नदिने निर्णय गरेपछि विवाद चुलिएको हो।

    images
    images

    बुक बिल्डिङ विधिअनुसार कुनै कम्पनीले आईपीओ निष्कासन गर्दा योग्य संस्थागत लगानीकर्ताबाट स्वचालित विद्युतीय बोलकबोल (बिडिङ) प्रणालीमार्फत मूल्य निर्धारण गरिन्छ। सो प्रणाली सञ्चालन, युजर आईडी–पासवर्ड उपलब्ध गराउने तथा अन्तिम मूल्य निर्धारणको प्रक्रिया नेप्सेकै निगरानीमा हुन्छ।

    हालसम्म यस विधिबाट आईपीओ ल्याउने कम्पनी दुई मात्रै छन्–

    images
    images

    सर्वोत्तम सिमेन्ट

    रिलायन्स स्पिनिङ मिल्स

    सर्वोत्तम सिमेन्टको हकमा नेप्सेले नेटवर्थको तीन गुणासम्म ओपनिङ रेन्ज निर्धारण गरेको थियो। तर रिलायन्स स्पिनिङ मिल्सका लागि भने अंकित मूल्य (फेस भ्यालु) को तीन गुणासम्म सीमित गर्दै ओपनिङ रेन्ज तोकिएको बताइएको छ, जुन चलिआएको अभ्यास विपरीत भएको आरोप सञ्चालकहरूले लगाएका छन्।

    रिलायन्स स्पिनिङ मिल्सको प्रतिसेयर मूल्य योग्य संस्थागत लगानीकर्ताका लागि ९१२ रुपैयाँ निर्धारण भएको थियो। सर्वसाधारणका लागि १० प्रतिशत छुटसहित ८२० रुपैयाँमा आईपीओ जारी गरिएको थियो। तर सूचीकरणपछि भने प्रतिकित्ता ३०० रुपैयाँमा कारोबार सुरु भएको छ, जसले करिब २१ हजार लगानीकर्ताको लगानीमा प्रत्यक्ष असर परेको दाबी गरिएको छ।

    धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०६८ को विनियम १२(५) अनुसार सूचीकरणपछिको पहिलो कारोबारका लागि मूल्य सीमा नेप्सेले समय–समयमा तोक्न सक्ने व्यवस्था छ। सोही आधारमा फेस भ्यालु र नेटवर्थको तीन गुणा सम्मको अभ्यास गरिएको बताइएको छ। तर यस निर्णयप्रति नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पनि नेप्सेसँग स्पष्टीकरण मागेको छ।

    नेप्सेको यो निर्णयले बुक बिल्डिङ मार्फत आईपीओ ल्याउन तयारीमा रहेका करिब एक दर्जन कम्पनीलाई पनि प्रत्यक्ष प्रभाव पार्ने देखिएको छ। बजार सञ्चालककै निर्णयले मूल्य निर्धारण प्रक्रियामा अस्थिरता ल्याएको भन्दै लगानीकर्ता तथा सम्बन्धित अधिकारीहरूले चिन्ता व्यक्त गरेका छन्।

    समग्रमा, नेप्सेको पछिल्लो कदमले बुक बिल्डिङ प्रणालीको विश्वसनीयता र भविष्यबारे गम्भीर बहस सिर्जना गरेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend