images

२०८३ आश्विन १९ गते

images
images
images
  • शेयर
  • माया खोला हाइड्रोपावरले एक करोड कित्ता...

माया खोला हाइड्रोपावरले एक करोड कित्ता हकप्रद सेयर निष्काशन गर्ने

माया खोला हाइड्रोपावरले एक करोड कित्ता हकप्रद सेयर निष्काशन गर्ने

images
images
सोमवार, फाल्गुण ४ २०८२
सोमवार, फाल्गुण ४ २०८२
  • काठमाडौँ । माया खोला हाइड्रोपावर लिमिटेडले आफ्नो पूँजी वृद्धिका लागि हकप्रद सेयर निष्काशन गर्ने प्रक्रिया अगाडि बढाएको छ। कम्पनीले १ करोड कित्ता हकप्रद सेयर निष्काशनका लागि सिटिजन्स क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा नियुक्त गरेको हो। आइतबार आयोजित एक विशेष समारोहका बीच दुई कम्पनीबिच यससम्बन्धी औपचारिक सम्झौतामा हस्ताक्षर भएको छ। सम्झौता पत्रमा माया खोला हाइड्रोपावरका कार्यकारी अध्यक्ष दिनेशप्रसाद श्रेष्ठ र सिटिजन्स क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरे। 

    images
    images

    सम्झौता अनुसार अब सिटिजन्स क्यापिटलले माया खोलाको हकप्रद सेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्ड ९सेबोन० बाट अनुमति लिने सम्पूर्ण प्रक्रिया पूरा गर्नेछ। बोर्डबाट स्वीकृति पाएपछि सेयर बिक्री व्यवस्थापनको जिम्मेवारी समेत सिटिजन्स क्यापिटलले नै सम्हाल्नेछ।संखुवासभा जिल्लामा अवस्थित १४.९ मेगावाट क्षमताको माया खोला जलविद्युत आयोजना निर्माण गरी यस कम्पनीले २०८० असारदेखि व्यावसायिक रूपमा विद्युत उत्पादन गर्दै आएको छ।

    उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणलाई बिक्री भइरहेको छ। वि.सं. २०६७ सालमा निजी कम्पनीका रूपमा स्थापना भएको यो आयोजना २०७३ सालमा पब्लिक लिमिटेडमा रूपान्तरण भएको थियो।कम्पनीले यसअघि २०७९ साल माघमा सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन गरेको थियो। अहिले दोस्रो बजारमा सूचीकृत भइसकेको यस कम्पनीले आयोजनाको वित्तीय सुदृढीकरण वा अन्य रणनीतिक योजनाका लागि थप पूँजी जुटाउन हकप्रद सेयरको बाटो रोजेको हो। धितोपत्र बोर्डबाट अनुमति पाएपछि मात्रै यो हकप्रद सेयर लगानीकर्ताका लागि खुला हुनेछ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend