images

२०८३ आश्विन १९ गते

images
images
images

मनकामना इन्जिनियरिङ हाइड्रोपावरले बोलायो विशेष साधारणसभा

मनकामना इन्जिनियरिङ हाइड्रोपावरले बोलायो विशेष साधारणसभा

images
images
सोमवार, फाल्गुण ४ २०८२
सोमवार, फाल्गुण ४ २०८२
  • काठमाडौं- मनकामना इन्जिनियरिङ हाइड्रोपावर कम्पनीले फाल्गुन १७ गते आइतबार विशेष साधारणसभा गर्ने भएको छ । सभा बिहान ११ बजे क्वालिटी व्याइवेट, बुद्धनगर, नयाँ बानेश्वर, काठमाडौंमा आयोजना गर्ने भएको हो । कम्पनीको सञ्चालक समितिको माघ २९ गते बसेको बैठकको निर्णयसभाको मिति तय गरेको हो ।सभाले कम्पनीको हकप्रद सेयर निष्कासनको पूर्व स्वीकृतीको अनुमोदन गर्ने, नियमावालीको नियम २७ को २ मा भएको व्यवस्थालाई संशोधन गर्ने, सञ्चालक समितिलाई अनुमोदन गर्नेछ ।

    images
    images

    सभाले यस कम्पनीको हकप्रद सेयर जारी गर्ने कार्य गर्दा विद्युत नियमन आयोग, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज लिमिटेड, कम्पनी रजिष्ट्रारको कार्यालय लगायत नियमनकारी निकायमा आवश्यक कार्य गर्न साथै प्रबन्धपत्र तथा नियमावलीमा कुनै संसोधन, थपघट, फेरबदल तथा परिमार्जन गर्न वा मिलाउन कुनै सुझाव वा निर्देशन दिएमा सोहि सम्बन्धी कार्य गर्नका लागि कम्पनीको संचालक समितिलाई अख्तियारी प्रदान गर्नको लागि प्रस्ताव पेश गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend