images

२०८३ आश्विन १९ गते

images
images
images
  • शेयर
  • सूर्यकुण्ड हाईड्रोको नाफामा वृद्धि, अन्य सूचक...

सूर्यकुण्ड हाईड्रोको नाफामा वृद्धि, अन्य सूचक कस्तो ?

सूर्यकुण्ड हाईड्रोको नाफामा वृद्धि, अन्य सूचक कस्तो ?

images
images
आइतवार, फाल्गुण ३ २०८२
आइतवार, फाल्गुण ३ २०८२
  • काठमाडौं- सूर्यकुण्ड हाईड्रो इलेक्ट्रिक लिमिटेड घाटाबाट उम्कदै नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २१ लाख ६४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी ९ लाख २१ हजार रुपैयाँ घाटामा रहेको थियो ।

    images
    images

    कम्पनीले विद्युत बिक्रीमार्फत १३ करोड ८४ लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीको प्रशासनिक खर्च ४८ हजारबाट बढेर ५२ लाख ६८ हजार पुगेको छ । यस्तै ह्रासकट्टी खर्च पनि ८ लाख ७२ हजारबाट बढेर ४ करोड ७६ लाख पुगेको छ ।कम्पनीको वित्त खर्च ६ करोड ८४ लाख रहेको छ । समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ०.७८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ९४.९१ रुपैयाँ र तरलता अनुपात ०.८२ प्रतिशत कायम भएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend