images

२०८३ आश्विन १७ गते

images
images
images
  • कला / संस्कृति
  • नागार्जुन–१ रानीवनमा महाशिवरात्रि २०८२ विशेष समारोह...

नागार्जुन–१ रानीवनमा महाशिवरात्रि २०८२ विशेष समारोह आयोजना हुँदै

नागार्जुन–१ रानीवनमा महाशिवरात्रि २०८२ विशेष समारोह आयोजना हुँदै

images
images
शुक्रवार, फाल्गुण १ २०८२
शुक्रवार, फाल्गुण १ २०८२
  • काठमाडौँ, नागार्जुन–१ ,रानीवनस्थित नागभूषण महादेवमन्दिर संरक्षण तथा सामुदायिक संस्था ले आफ्नो १०औं वार्षिकोत्सव तथा महाशिवरात्रि २०८२ को पावन अवसरमा विविध धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ। संस्थाले २०८२ फागुन ३ गते विशेष कार्यक्रम आयोजना गरी सम्पूर्ण भक्तजन, सदस्य तथा स्थानीय संघ–संस्थालाई सहभागिताका लागि आमन्त्रण गरेको छ।

    images
    images

    कार्यक्रम बिहान ७ः३० बजे पंचैबाजा सहित कलशयात्राबाट प्रारम्भ हुनेछ। त्यसपछि बिहान १०ः३० देखि १२ः०० बजेसम्म लक्ष्यदीप संकल्प तथा हवन सञ्चालन गरिनेछ। दिउँसो १२ः०० बजे शिवमहिमामा आधारित प्रवचन तथा भजन–कीर्तन कार्यक्रम राखिएको छ।

    त्यसैगरी बेलुकी ४ः०० बजे लक्ष्यदीप प्रज्वलन गरिनेछ भने ५ः०० देखि ७ः०० बजेसम्म शिवभजन, कीर्तन तथा नृत्य कार्यक्रम सञ्चालन हुनेछ। साँझ ६ः०० बजेदेखि संकल्प दीप प्रज्वलन प्रारम्भ भई रात्रि जाग्राम तथा शिवधूनी कार्यक्रमसमेत आयोजना गरिने संस्थाले जनाएको छ।

    images
    images

    सम्पूर्ण कार्यक्रम संस्थाको आफ्नै प्राङ्गणमा सञ्चालन हुने सचिव मुना तिमिल्सिना पराजुलीले जानकारी दिइन्। संस्थाले कार्यक्रमको शोभा बढाइदिन सम्पूर्ण श्रद्धालु भक्तजन तथा स्थानीयवासीलाई उपस्थितिका लागि अनुरोध गरेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend