images

२०८३ आश्विन १७ गते

images
images
images

आशीर्वाद र निकिताको 'श्री बुकुरो' सेन्सर पास

आशीर्वाद र निकिताको 'श्री बुकुरो' सेन्सर पास

images
images
बुधवार, माघ २८ २०८२
बुधवार, माघ २८ २०८२
  • काठमाडौँ । वरिष्ठ अभिनेत्री लक्ष्मी गिरीको मुख्य भूमिका रहेको फिल्म ‘श्री बुकुरो : द होम कलिङ’ सेन्सर पास भएको छ । केन्द्रीय चलचित्र सेन्सर बोर्डले मंगलबार साँझ फिल्म हेर्दै सबैले हेर्न मिल्ने युनिभर्सल सर्टिफिकेट दिँदै सेन्सर पास भएको हो । फिल्मका निर्देशक सुदीप भूपाल सिंह हुन् ।निर्देशन सिंहले सेन्सरले फिल्मको तारिफ गर्दै प्रदर्शनमा लागि अनुमति दिएको बताए । ‘अहिले बनिरहेको फिल्म भिन्नै शैलीको फिल्म रहेछ’, सिंहले बोर्डको शब्द दोहोर्‍याए ‘फिल्मले परिवार जोडेको कथा एकदमै राम्रो लाग्यो ।’

    images
    images

    यसअघि ‘माला’ र ‘रुद्रप्रिया’ निर्देशन गरेका सिंह ७ वर्षपछि यसै फिल्म मार्फत फर्किएका हुन् । रेन्जको ब्यानरमा निर्माण भएको फिल्ममा आशीर्वाद क्षेत्री, लक्ष्मी गिरी, निकिता आचार्य, प्रतिकराज आचार्य, रोशनी कार्की, राजन इशान, दीपिका थापा, लय सङ्ग्रौला, मोहन निरौला, रामबाबु रेग्मी, रश्मी भट्ट, उत्तम केसी, गीता थापा, सपना श्रेष्ठ, आशिका शाही, दीपक कार्की र रजिना विश्वकर्मा लगायतको अभिनय छ । लेखन समेत निर्देशक सिंहको रहेको फिल्म रुबी सेन सिंहले निर्माण गरेका हुन् ।सञ्जय लामा र राजेश श्रेष्ठको छायाङ्कन रहेको फिल्म मुस्ताङ, बागलुङ, कास्की, दमौली, मकवानपुर र काठमाडौँमा छायाङ्कन गरिएको हो । फिल्मको गीतमा रञ्जित गजमेर र वसन्त सापकोटाको सङ्गीत छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend