काठमाडौं । पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडले आगामी फागुन १२ गतेदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गर्ने भएको छ । यसअघि उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरिएको आईपीओको बाँडफाँट सम्पन्न भइसकेपछि कम्पनीले अब आम लगानीकर्तालाई शेयर खरिदको अवसर दिन लागेको हो।
कम्पनीले जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको २० प्रतिशत बराबर हुने ७५ करोड रुपैयाँ मूल्यका ७५ लाख कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको थियो। सो अनुमति अनुसार १८ लाख ७५ हजार कित्ता साधारण शेयर उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि र ५ लाख ६२ हजार ५०० कित्ता साधारण शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरिएको थियो।




.gif)



