images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • महाशिवरात्रिका लागि गुठी संस्थानले छुट्ट्यायो ४०...

महाशिवरात्रिका लागि गुठी संस्थानले छुट्ट्यायो ४० लाख बजेट, तयारी पूरा

महाशिवरात्रिका लागि गुठी संस्थानले छुट्ट्यायो ४० लाख बजेट, तयारी पूरा

images
images
मंगलवार, माघ २७ २०८२
मंगलवार, माघ २७ २०८२
  • काठमाडौँ । यस वर्षको महाशिवरात्रि पर्व व्यवस्थापनका लागि गुठी संस्थानले ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। मंगलबार त्रिपुरेश्वरस्थित प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा संस्थानले शिवरात्रिको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो। कुल बजेटमध्ये पर्व सञ्चालनका लागि ३२ लाख र साधुसन्तका लागि धुनी बाल्ने दाउरा खरिद गर्न ८ लाख रुपैयाँ खर्च गरिने संस्थानका प्रवक्ता एवं मुख्य कानुन अधिकृत जनक पोखरेलले बताए। पशुपति क्षेत्र विकास कोषसँगको सहकार्यमा पशुपति क्षेत्रमा आउने साधुसन्तका लागि भोजन, जलपान र धुनीको व्यवस्था मिलाइएको छ। 

    images
    images

    फागुन ३ गते महाशिवरात्रिका दिन संस्थानको पशुपति शाखा कार्यालयबाट पञ्चामृतसहित पूजा सामग्री पशुपतिनाथको मन्दिरमा अर्पण गर्ने र सोही दिन साँझ मन्दिर परिसरमा बत्ती बाल्ने कार्यक्रम रहेको प्रवक्ता पोखरेलले जानकारी दिए।शिवरात्रि सकिएपछि फागुन ५ गते पशुपति आएका साधुसन्तलाई उनीहरूको योग्यता र श्रेणीअनुसार दक्षिणा दिएर बिदाइ गर्ने संस्थानको तयारी छ। साधु, सन्त र महन्तहरूका लागि शिवरात्रि अवधिभर विभिन्न स्थानमा धुनी ताप्ने दाउरा र खानपिनको उचित प्रबन्ध मिलाइएको संस्थानले जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend