images

२०८३ आश्विन १६ गते

images
images
images
  • शेयर
  • होटल फरेष्ट इनको आईपीओमा आवेदन दिने...

होटल फरेष्ट इनको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

होटल फरेष्ट इनको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

images
images
सोमवार, माघ २६ २०८२
सोमवार, माघ २६ २०८२
  • काठमाडौं- होटल फरेष्ट इनको आईपीओमा आवेदन दिने आज माघ २६ गते अन्तिम दिन रहेको छ ।कम्पनीले माघ २२ गतेदेखि सर्वसाधारणका लागि बिक्री खुला गरेको हो । होटलले दोस्रो चरणमा सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरका कुल ३३ लाख २० हजार कित्ता आईपीओ खुला गरेको हो। होटलले सामूहिक लगानी कोषका लागि २ लाख कित्ता र आफ्ना कर्मचारीका लागि ८० हजार कित्ता छुट्याएको छ।

    images
    images

    यो आईपीओमा सर्वसाधारणले न्यूनतम १० कित्ता र अधिकतममा २ लाख कित्ता सेयर खरिदका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएको शाखासँगै सीडीएससीको मेरो शेयरबाट आवेदन दिन सक्नेछन्।यस आईपीओ बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend