images

२०८३ आश्विन १९ गते

images
images
images

अधिक तरलता व्यवस्थापनका लागि २० अर्ब खिच्दै राष्ट्र बैंक

अधिक तरलता व्यवस्थापनका लागि २० अर्ब खिच्दै राष्ट्र बैंक

images
images
बुधवार, माघ २१ २०८२
बुधवार, माघ २१ २०८२
  • बजारमा तरलता बढेपछि सोको व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ खिच्ने भएको छ । राष्ट्र बैंकले ६३ दिने निक्षेप संकलन उपकरण मार्फत २० अर्ब रुपैयाँ तान्न लागेको हो ।इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म अनलाइन बिडिङमार्फत बोलकबोल गर्नुपर्नेछ । बोलकबोल प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् । बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ ।

    images
    images

    यसको साँवा र ब्याज भुक्तानी भने आगामी चैत २५ गते हुने बताइएको छ । साथै, यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ । बैंक तथा वित्तीय संस्थाहरुले न्यूनतम १० करोड र अधिकतम पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी निष्कासित रकम बराबर बोलकबोल गर्न सक्नेछन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend