images

२०८३ आश्विन १९ गते

images
images
images

गणपति लघुवित्तद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

गणपति लघुवित्तद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

images
images
मंगलवार, माघ २० २०८२
मंगलवार, माघ २० २०८२
  • काठमाडौँ, २० माघ । गणपति लघुवित्त वित्तीय संस्थाको गोबरडिहा दाङ शाखाद्वारा माघ १९ गते एक दिने वित्तीय साक्षरता कार्यक्रम गोबरडिहामा सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि गढवा गाउँपालिका वडा नं ०३ का वडा सदस्य बिमल कुमार चौधरी थिए।

    images
    images

    कार्यक्रममा बाँसगढी अनुगमन कार्यालयका अनुगमन अधिकृत हिक्मत ढकालले आम्दानी, खर्च, बचत व्यवस्थापन र कर्जाको महत्त्व सम्बन्धी छलफल तथा अन्तरक्रियात्मक प्रस्तुति दिएका थिए। स्थानिय प्रहरी चौकी प्रमुख बिष्णु प्रसाद पाण्डे लगायत अन्य अतिथिहरूको पनि सकारात्मक सहभागिता रह्यो।

    कार्यक्रममा गोबरडिहा शाखा अन्तर्गत उत्कृष्ट केन्द्र व्यवस्थापन गर्ने ३ जना केन्द्र प्रमुख र कर्जा लिएर व्यवसाय संचालन गर्ने ३ जना उत्कृष्ट व्यवसायिक ग्राहकलाई कदर पत्र प्रदान गरि सम्मान गरिएको थियो।

    images
    images

    करिब ३२ जना ग्राहक सदस्य सहभागी कार्यक्रमको अध्यक्षता सारदा कुमारी चौधरीले गरेकी थिइन्। स्वागत मन्तव्य र संस्थागत जानकारी शाखा प्रबन्धक पवित्रा गिरी, कार्यक्रम सञ्चालन सहायक प्रकाश भण्डारीले गरेका थिए।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend