images

२०८३ आश्विन १७ गते

images
images
images

धर्म प्रचार र ठगी अभियोगमा अमेरिकी नागरिक पक्राउ

धर्म प्रचार र ठगी अभियोगमा अमेरिकी नागरिक पक्राउ

images
images
मंगलवार, माघ २० २०८२
मंगलवार, माघ २० २०८२
  • काठमाडौँ, २० माघ । अध्यागमन विभागले नेपालमा विद्यार्थी भिसा दुरुपयोग गरी धर्म प्रचार, ठगी तथा शंकास्पद गतिविधिमा संलग्न रहेको आशंकामा एक अमेरिकी नागरिकलाई पक्राउ गरेको छ।

    images
    images

    प्रवक्ता टीकाराम ढकालका अनुसार ती अमेरिकी नागरिकले विद्यार्थी भिसामा नेपाल प्रवेश गरी भिसा प्रयोजन विपरित गतिविधि गर्दै आएका थिए। विभागले उनको गतिबिधि लामो समय देखि अनुगमन गर्दै आएपछि पक्राउ गर्न सफल भएको हो।

    अध्यागमन विभागका अनुसन्धानमा पक्राउ परेका अमेरिकीले पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री, राजनीतिक पार्टीका नेता देखि डलर अर्बपति व्यवसायीहरूका परिचय र तस्बिर वेबसाइटमा राखेर विश्वभरिका विद्यार्थीहरूलाई आकर्षित गर्ने योजनाको प्रयास गरेको पाइएको छ। यी नाम तथा तस्बिरको प्रयोग भिसा तथा ठगीका उद्देश्यले गरिएको विभागले जनाएको छ।

    images
    images

    अमेरिकी नागरिक ललितपुर सानेपामा रहेको नेपाल इन्टरनेसनल कलेज (एनआईसी) नामक संस्था मार्फत ठगी तथा शंकास्पद गतिविधि सञ्चालनमा रहेको आशंका गरिएको छ। विभागका अनुसार कलेजले “विदेश जाने ग्यारेन्टी” भन्दै विद्यार्थी तथा अभिभावकबाट उच्च शुल्क लिने गरेको र विदेश पढाइ कार्यक्रम मार्फत रकम उठाउने गरेको पाइएको छ।

    कलेजको वेबसाइटमा लाइब्रेरी, क्याम्पस सेवा र प्रशासनिक टिमका विवरण उल्लेख गरिए पनि विभागले सम्बन्धित कलेजका सम्बन्धन प्रमाण देखाउन नसकेको ढकालले बताए। कलेजले त्रिभुवन विश्वविद्यालय तथा पोखरा विश्वविद्यालय सँगको सम्बन्ध रहेको प्रचार गर्दै आएको पाइएको छ तर वास्तविक कागजात पेश हुन बाँकी छ।

    अमेरिकी नागरिकले कमसीड नेपाल प्रालि नामक कम्पनी दर्ता गरी व्यापार तथा चर्च विस्तारका लागि सक्रियता जनाइरहेका थिए। विभागको अनुसन्धानमा उनी सन् २००८ मा न्यूयोर्कमा स्थापित यस इन हिम चर्च र द प्लान्टर संस्थासँग पनि आबद्ध रहेको तथ्य खुलेको छ। सोही सञ्जाल अन्तर्गत ग्लोबल अलायन्स अफ वल्र्ड प्रेस्बिटेरियन चर्च नामक संस्थाले नेपालमा धर्म प्रचारको अभियान चलाउन खोजेको पनि पाइएको छ।

    अध्यागमन विभागले कलेजको वेबसाइट डोमेन हाल ‘सस्पेन्ड’ भइसकेको बताएको छ र सम्बन्धित निकायसँग समन्वय गरी थप अनुसन्धान जारी रहेको प्रवक्ता ढकालले जानकारी दिए।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend