images

२०८३ आश्विन १९ गते

images
images
images

सिद्धार्थ बैंक कर्पोरेट अवार्डबाट सम्मानित

सिद्धार्थ बैंक कर्पोरेट अवार्डबाट सम्मानित

images
images
आइतवार, माघ १८ २०८२
आइतवार, माघ १८ २०८२
  • काठमाडौँ, १८ माघ । सिद्धार्थ बैंक लिमिटेड ‘अवार्ड्स फर कर्पोरेट एक्सलेन्स २०२५’ अन्तर्गत कमर्सियल बैंकिङ क्याटेगोरीको अवार्डबाट सम्मानित भएको छ।

    images
    images

    कर्पोरेट क्लब नेपाल प्रालि (दी एचआरएम) द्वारा वार्षिक रूपमा आयोजना हुँदै आएको अवार्ड समारोहमा बैंकलाई उक्त सम्मान प्रदान गरिएको हो। कार्यक्रममा सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत रामेश्वर प्रसाद बस्यालले अवार्ड ग्रहण गरे।

    मानव संसाधन व्यवस्थापन, संस्थागत सुशासन तथा उत्कृष्ट कार्यसम्पादनमा बैंकले पुर्‍याएको उल्लेखनीय योगदानको कदरस्वरूप यो अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ।

    images
    images

    यस सम्मानले ग्राहकप्रतिको बैंकको प्रतिबद्धतालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्दै, आगामी दिनहरूमा अझ व्यवस्थित, गुणस्तरीय र प्रभावकारी सेवा प्रदान गर्न बैंकलाई थप प्रेरणा मिलेको सिद्धार्थ बैंकले जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend