images

२०८३ आश्विन २१ गते

images
images
images
  • समाचार
  • थाई राजपरिवारकी सदस्य लुम्बिनीमा, मायादेवी मन्दिरको...

थाई राजपरिवारकी सदस्य लुम्बिनीमा, मायादेवी मन्दिरको दर्शन

थाई राजपरिवारकी सदस्य लुम्बिनीमा, मायादेवी मन्दिरको दर्शन

images
images
शुक्रवार, माघ १६ २०८२
शुक्रवार, माघ १६ २०८२
  • लुम्बिनी । थाइल्यान्डको राजपरिवारकी सदस्य सिनेनाथ बिलासकल्यानीले भगवान बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गरेकी छन्। बुद्धको जीवनसँग सम्बन्धित चार प्रमुख तीर्थस्थलको यात्राका क्रममा उनी बिहीबार बेलुका लुम्बिनी आइपुगेकी हुन् ।शुक्रबार बिहान मायादेवी मन्दिरमा विशेष पूजा र दर्शन गरेपछि उनलाई लुम्बिनी विकास कोषका सदस्य सचिव दीपक श्रेष्ठ, सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँ र योजना प्रमुख स्मिता भट्टले स्वागत गरेका थिए । ४१ वर्षीया बिलासकल्यानी थाई राजा महावजिरालङकोर्नकी श्रीमती हुन्, जसलाई राजाले ‘शाही नोबल कन्सर्ट’ को उपाधि प्रदान गरेका छन् ।

    images
    images

    ७० सदस्यीय ठुलो प्रतिनिधि मण्डलको नेतृत्व गर्दै उनले बुद्धले महापरिनिर्वाणको समयमा उल्लेख गरेका चार प्रमुख स्थलहरूको भ्रमण गरेकी हुन् । भारतका बोधगया, सारनाथ र कुशीनगरको दर्शन सकेर उनी सुनौली नाका हुँदै नेपाल प्रवेश गरेकी थिइन् । बौद्ध परम्पराप्रति गहिरो आस्था राख्ने बिलासकल्यानीलाई थाई राजाले भिक्षु–भिक्षुणीलाई दिइने ‘चौखुन फ्रा’ को उच्च उपाधिसमेत दिएका छन् ।लुम्बिनीको भ्रमण र दर्शन सकिए लगत्तै उनी शुक्रबार दिउँसो २ बजे थाई एयर फोर्सको चार्टर्ड ७३७ बोइङ विमानमार्फत गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै थाइल्यान्ड फर्किएकी छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend