images

२०८३ आश्विन १९ गते

images
images
images

कृषि विकास बैंकको खुद नाफा ७० करोड ७४ लाख

कृषि विकास बैंकको खुद नाफा ७० करोड ७४ लाख

images
images
बिहिवार, माघ १५ २०८२
बिहिवार, माघ १५ २०८२
  • काठमाडौं । कृषि विकास बैंक लिमिटेडले चालू आर्थिक वर्षको पहिलो छ महिनामा ७० करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको यही अवधिमा बैंकले ९५ करोड ७५ लाख रुपैयाँ नाफा कमाएकोमा यस वर्ष नाफा घटेको हो । 

    images
    images

    खुद नाफामा गिरावट आए पनि बैंकको समग्र आम्दानी भने बढ्दो क्रममा रहेको तथ्यांकले देखाएको छ । बैंकले बिहीबार जारी गरेको वित्तीय विवरणअनुसार गत आवको पुस मसान्तसम्म ३ अर्ब ८७ करोड ६७ लाख रुपैयाँ रहेकोमा खुद ब्याज आम्दानी चालू आर्थिक वर्षको सोही अवधिमा बढेर ४ अर्ब ५१ करोड ८१ लाख रुपैयाँ पुगेको छ।

    त्यसैगरी खुद शुल्क तथा कमिशन आम्दानी पनि वृद्धि भएको छ। अघिल्लो वर्ष ६१ करोड ७४ लाख रुपैयाँ रहेको यो आम्दानी चालू वर्षमा ६२ करोड ४१ लाख रुपैयाँ पुगेको छ। कुल सञ्चालन आम्दानी पनि ४ अर्ब ८६ करोड ८८ लाख रुपैयाँबाट बढेर ५ अर्ब २२ करोड ११ लाख रुपैयाँ पुगेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend