images

२०८३ आश्विन १९ गते

images
images
images

राष्ट्र बैंकले २० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै

राष्ट्र बैंकले २० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै

images
images
बुधवार, माघ १४ २०८२
बुधवार, माघ १४ २०८२
  • नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ। केन्द्रीय बैंकले ६३ दिन अवधिका लागि उक्त रकम संकलन गर्न लागेको हो।यसका लागि बैंक तथा वित्तीय संस्थाहरूले दिउँसो २ बजेसम्म अनलाइन प्रणालीमार्फत बोलपत्र पेस गर्न सक्नेछन्। निक्षेपको ब्याजदर बोलकबोल प्रक्रियामार्फत निर्धारण हुनेछ भने साँवा तथा ब्याजको भुक्तानी २०८२ चैत १८ गते गरिनेछ।

    images
    images

    बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलपत्र पेस गर्न सक्नेछन्। निक्षेप संकलन बोलकबोल ब्याजदरका आधारमा हुनेछ र बहुब्याजदरमा बहुबोलकबोल गर्न समेत सकिने व्यवस्था गरिएको छ। बोलपत्र बाँडफाँड गर्दा सबैभन्दा कम ब्याजदर प्रस्तावलाई पहिलो प्राथमिकतामा राखी आह्वान गरिएको कुल रकम नपुग्दासम्म क्रमशः बाँडफाँड गरिने नेपाल राष्ट्र बैंकले जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend