images

२०८३ आश्विन १७ गते

images
images
images

देवेन्द्र भट्टको प्रस्तुतिमा समुद्र र चिजाको मर्मस्पर्शी दोहोरी, पोखराको बसले दर्शक भावुक

देवेन्द्र भट्टको प्रस्तुतिमा समुद्र र चिजाको मर्मस्पर्शी दोहोरी, पोखराको बसले दर्शक भावुक

images
images
मंगलवार, माघ १३ २०८२
मंगलवार, माघ १३ २०८२
  • काठमाडौँ । देवेन्द्र भट्टको हालै सार्वजनिक प्रस्तुति “पोखराको बस” ले दर्शक–श्रोताको मन छोएको छ। समुद्र र चिजाको सशक्त दोहोरी संवादमा आधारित यस सिर्जनाले प्रेम, बिछोड, प्रतीक्षा र भविष्य प्रतिको आशालाई अत्यन्त मर्मस्पर्शी ढंगले प्रस्तुत गरेको छ।

    images
    images

    गीतमा ‘पोखराको बस’, ‘खैरेनी झल्को’ जस्ता प्रतीकात्मक शब्द मार्फत गाउँ–सहर, मायाँ–दूरी र समयको बाध्यतालाई चित्रण गरिएको छ। “बल्ल दर्शन पाइयो थियो, चिजाको छुट्नु पर्दा छ, मुटु बिजाको” जस्ता हरफले प्रेमी–प्रेमिकाबीचको पीडा र विवशतालाई जीवन्त बनाएको छ।

    दोहोरीमा प्रयोग भएका संवादहरूले नेपाली समाजमा अझै पनि विद्यमान रोजगारी, संघर्ष र भविष्य निर्माणका लागि गरिने त्यागलाई प्रतिबिम्बित गर्छन्। “पहिला आफ्नो खुट्टामा उभिन्छु” भन्ने पंक्तिले आत्मनिर्भरता र जिम्मेवारीको सन्देश दिन्छ भने “साँचो माया छ भने भेट होला” ले आशावाद झल्काउँछ।

    images
    images

    संगीत, शब्द र प्रस्तुति तीनै पक्ष सन्तुलित देखिएको यस दोहोरीले सामाजिक सञ्जालमा पनि राम्रो चर्चा पाइरहेको छ। विशेष गरी युवा पुस्ताले गीतको कथावस्तु आफू जस्तै भएको प्रतिक्रिया दिएका छन्।

    लोकदोहोरी क्षेत्रमा निरन्तर सक्रिय देवेन्द्र भट्टको यो प्रस्तुति नेपाली मौलिक संगीतप्रेमीका लागि मात्र नभई सामाजिक यथार्थ बुझ्न चाहने सबैका लागि सन्देशमूलक बनेको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend